Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घमण्डी थन्क्याउने समाजवादी गठबन्धन

काठमाण्डौ । शब्द मिठो नेताको आचरण र ब्यबहार छुद्र र तितो हुँदा बामपन्थि गठबन्धन यस पटक एमालेकै कारण भएन किनकि ०७४ मा एमाले माओवादी ६०÷४० को भागबन्डा गर्दा संघिय संसदमा १७५ प्रदेशमा २४१ सिट जितेर देशलाइ कम्युनिष्टमय बनाए । तर सरकारमा पुगेपछि राज्यस्रोतमा लुट मच्चाए । आफुलाई जतिसुकै भष्टाचार बिरोधि बताए पनि केपी ओलिले राज्य कोषबाट आफ्ना सेनामेनालाई रु ३० करोड भन्दा बढी बाडेकै थिए । अब एमालेको ओली प्रबृतिका बिरुद्ध माओबादी समाजबादी एकता अभियानको साझा अभियान साझा मोर्चा बन्दैछ । मार्चा एमालेका लागि उपयुक्त हुने छैन ।
हिजो ९२ प्रत्यक्षमा उठाएर ८० एमाले ६० माओवादीले जितेका थिए समानुपातिकमा ४१ माओबादी १७ चुनिँदा संघिय संसदमा नेकपाको १७५ संख्या थियो । दुइ तिहाइ पुग्न दशजना संसद चाहिथ्यो । जुम्लाबाट जितेका छक्कबहादुर लामा माओवादीसँग जोडिए भने नेकपा मसाल बाम गठबन्धनमै थियो । अहंकार र दम्ब कतिबेला खुइलिन्छ भन्ने कुरा यस पटक देखिँदै छ । सत्तापक्षको गटबन्धन प्रतिनै एकता अभियानमा बामदेब ढल्केका छन् । उनलाई पनि एमालेको ओली चरित्र रुचेन । समयमै सधैं एकै ब्यक्तिको पुजक हुन् सक्दैन । त्यो कुरा ओली, प्रचण्ड, माधवले बुझ्न जरुरत छ । सधै चिनको दलाल बनेर चुनाबमा झण्डा बोक्ने समुह घट्दो छ । जनताले पत्याएको बेला नेता ठिक ठाउँमा भएको भए देश शोषणको भूमरिमा पर्ने थिएन । नेतृत्व भ्रष्ट र भएकै कारण रु ६० अर्ब रूपैया कहाँ खर्च भयो त्यो देखिएन आर्थिक कार्यबिधि बिपरित प्रदेशले रु १६ अर्ब ७६ करोड सक्यो कसरी ? अपजस असक्षमताबाट पैदा हुन्छ । अहँकारले शक्ति क्षय पार्छ, त्यो हत्केलाले छेक्न सकिँदैन । सत्ता गठबन्धन बाहेक मोर्चा तहमा समाजबाद स्थापना गर्न बन्ने गठबन्धनमा काँग्रेस ८० बामपक्षसँग जोडिएको जसपासमेत गरि ८५ सिट भागबण्डा भयो भने आफ्नै पहुचमा जे छ त्यो त एमालेले स्वीकार्ने हो अरुलाई घुर्काएर ठूलो पार्टी बनाउन सकिँदैन हिजो चुनाब जित्न एमालेले राप्रपा कमल थापा, चुरे भाबर, परिवार दल, सिके राउत, रेशम चौधरी र महन्त ठाकुर बोकेकै हो । त्यहाँ पार्टीको बिधि, सिद्धान्त, प्रकिया, कार्यक्रम भनेकै चुनाब जित्ने बनाइयो । अबको चुनाबमा पनि त्यहि हो । केपीको रिस प्रचण्ड र माधबलाई जिताउन र रौतहटबाट खेदाउने हो । उनले त्यो एजेण्डा बोक्दा प्रचण्ड र माधबले झापामा ओली, काठमाण्डौमा ईश्वर, दाङमा शंकर, कास्कीमा खगराज, रूपन्देहिमा बिष्णु पौडेललाई दुधभात खाएजस्तो सहज हुनेवाला छैन् । जो हिजो गठबन्धनका कारण जितेका थिए तीनले पराजय भोग्नै पर्छ । कतिको संसद हुने रहर बन्द हुने छ । सैद्धान्तिक रूपमा पार्टी एकता नहुँदा एमालेका ओलीले माओबादीलाई खेदाएका थिए । उनकै चरित्र अनुसार पछि एमाले भित्रका माधब, झलनाथ, बामदेबहरू भड्किएको कुरा कहिले बुझाउलान् ओलीको बोली अझै ०७४को चुनाब नित्दाको जस्तो छ । गल्ती महसुस नगर्नेको घमण्ड तोडिन्छ ।