Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चक्कु प्रहार गर्ने बसेल पक्राउ

म्याग्दी । छिमेकीलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा अन्नपूर्ण गाउँपालिका(३ फगाम गाउँ बस्ने ४० वर्षीय दुर्गा प्रसाद थापा मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ३३ वर्षीय कृष्ण बहादुर बसेललाई सोही ठाउँस्थित महभिरमा मह काड्न गएको अवस्थामा दुर्गा प्रसादले चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । चक्कु प्रहारबाट घाइते भएका बसेललाई प्राथमिक स्वास्थ्य केन्द्र भुरुङ तातोपानी हुँदै थप उपचारका लागि बेनी अस्पतालतर्फ रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार