Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चन्दका छोराले १० अर्ब कुम्ल्याए

काठमाडौं । बाबु प्रधानमन्त्री भएपछि छोरालाई बैंकबाट ऋण लिन के अप्ठ्यारो पर्यो र ? त्यही कारण राप्रपाका इमान्दार नेता लोकेन्द्रबहादुर चन्दका जेष्ठ पुत्र अरुण चन्दले २०५२ सालमा बाबुलिङ सुगरमिल एण्ड जनरल इण्डष्ट्रिको नाममा रु ४७ करोड ऋण लिन गाह्रो भएन ।

उनले कृषिविकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, औद्योगिक विकास निगम जस्ता संस्थाहरुलाई प्रयोग गरेर ४७ करोड कर्जा लिएका थिए । ०५२ सालदेखि ०५४ सालको अवधिमा बाबु प्रधानमन्त्रीको नाताले छोरा अरुण चन्दले लिएको सो ऋण अहिले २४ वर्ष पुगिसकेको छ । उनको चिनी मिलमा उखु दिने किसानहरुले समेत उखुको पैसा पाएनन् । अरुणले सो रकमबाट भक्तपुरमा स्वीमिङ पुलसहितको महल बनाए ।

बैंकलाई ऋण तिर्न त पर जाओस्, कहिले दरबारको आडमा त कहिले बाबुकै पदको आडमा धम्की दिन समेत उनले छाडेनन् । अहिले उनको १० अर्ब ३३ करोड तिर्नु पर्ने बक्यौता देखिएको छ । सरकारले उनीबाट रकम असुल गर्ने हो भने बासुलिङ सुगरमिलले चर्चेको जमिन मात्र होइन, चन्द परिवारको नाममा रहेको सबै सम्पत्ति कब्जा गरे पनि नपुग्न सक्छ ।

त्यसो त यो चिनी मिलमा पार्टनरका रुपमा भारतीय नागरिक विजयकुमार गोयल, सु्शीला राणा, राजेन्द्र चन्द, हर्कबहादुर चन्द, गणेशदत्त भट्ट, अरुण मल्लसमेत रहेका छन् । ०६७ सालदेखि यो विषय ऋण असुली न्यायाधीकरणमा पनि पुगेको छ । त्यो बेला ऋणिबाट न्यायाधीकरणले ३ अर्ब ४६ करोड उठाउन निर्णय गरेको थियो । बासुलिङ सुगर मिलसँग कैलालीमा ५२ बिगाहा जमिन छ । त्यो जमिनको मूल्य १ अर्ब भए पनि अरु रकम उठ्छ कसरी ? त्यसकारण सत्ताका वरिपरि बस्नेहरुनै बैंक तथा बित्तीय संस्थाहरुलाई डुबाउन सफल हुन्छन् भन्ने प्रमाण चन्द बनेका छन् ।


सम्बन्धित समाचार