Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।
पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो श्रेष्ठले भने, अब उहाँको पतिको नाममा म्याद जारी हुन्छ । पतिले म्याद बुझेर प्रत्युत्तर दिनुभयो भने सोहीअनुसार प्रक्रिया अघि बढ्छ ।
उनले अघि भने, यसबीच मिलापत्रको सम्भावना पनि हुन्छ । तर, उहाँहरू यसका लागि तयार हुनुभएन भने सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्छ । एलिना र विष्णुबीच वैशाख पहिलो साता विवाह भएको थियो ।
अंश हकदावी भन्दा पनि सम्बन्ध विच्छेद भएमात्र पुग्ने भन्दै उहाँले आज फिराद पत्र दायर गर्नुभएको हो(दीपककुमार श्रेष्ठ, सूचना अधिकारी,काठमाडौं जिल्ला अदालत
विष्णु भने अहिले अस्ट्रेलियामा छन् । अदालतमा मुद्दा दायर गर्नुअघि एलिना केही दिनदेखि कानून व्यवसायीसँगको परामर्शमा थिइन् । अनलाइनखबरसँगको सम्पर्कमा आएका एक कानून व्यवसायीले केही दिनअघि एलिना आफूकहाँ परामर्शको लागि आएको तर आफूले मुद्दा नहेर्ने जवाफ दिएको बताए ।
२०८१ माघ १८
ताजा नेपाल
२०८१ माघ १८
ताजा नेपाल
२०८१ माघ १८
ताजा नेपाल