Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘चलचित्र डिग्री माइला’मा आँचलको प्रवेश

काठमाडौं । नायिका आँचल शर्मा चलचित्र ‘डिग्री माइला एमए थर्ड क्लास’मा अनुबन्धित भएकी छन् । निर्माण टिम र आँचलबीच आइतबार लिखित सम्झौता भएको छ ।
बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको रामबाबु गुरुङले निर्देशन गर्दैछन् ।
निर्माण पक्षले आँचलबाहेक अन्य कास्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन । ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको हो । यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई थिए ।
नाटककै पात्र दयाहाङ नै चलचित्रको मुख्य भूमिकामा देखिने स्रोतको भनाइ छ । निर्माण पक्षले यसबारे औपचारिक जानकारी भने दिएको छैन ।
कमेडी जानरामा निर्माण हुने चलचित्रले शैक्षिक बेरोजगारीले युवामा ल्याएको निराशामा आधारित हुने जनाईएको छ ।
यो चलचित्र आगामी नयाँ वर्षको अवसरमा रिलिज हुँदै छ ।


सम्बन्धित समाचार

सुहाङले लिए शपथ

२०८१ बैशाख २६

ताजा नेपाल

ओलीको योजनाले माधव पाखा लाग्ने

२०८१ बैशाख २६

ताजा नेपाल