Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालमा मेडिकल शिक्षालाई कमाईको भाडो बनाउने माफीयाहरुलाई नियन्त्रण गर्न राज्यले समयमा कानून नबनाउदा तिनै माफीयाहरुले सरकारलाई अफ्ठेरोमा पार्ने गरेका छन् । यो शिक्षालाई जनताको पौचमा पुर्याउनु पर्छ भने मेडिकल शिक्षा अभियान्ता डा. गोविन्द के.शी फाल्गुन १२ गते अनशन बस्दैछन् । डा. केशीको सुधारात्मक अभियानलाई चुनौती दिदै मेडिकल माफीया दुर्गा पर्साइको कलेजलाई सम्बन्धन दिलाउने योजना भने तुहिने भएको छ । काठमाडौं विश्व विद्यालयका माफीयाहरुले दुर्गा पर्साइको पैसामा लोभीए पनि उनीहरुको अभियानलाई चिकित्सा शिक्षा आयोगले वास्था नगर्ने भएको छ ।
भौतिक पूर्वाधार बिना देशको कुनै पनि स्थानमा मेडिकल कलेज सञ्चालन गर्ने अनुमति सरकारले दिनु हुदैन भन्ने माग जनस्तरबाट गरिएको छ । यसै बिच डाक्टरहरुले बिरामीको स्वास्थ परिक्षण गरे बापत लिने शुल्क बढाएपछि सरकारले हस्तक्षेप गरेको छ । यही बेला आयोगले गुणस्तरीय पाठ्यक्रम निर्माणका लागि चिकित्सा शिक्षा आयोगले स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउन विज्ञहरुलाई विज्ञ सूची दर्ताका गर्न आग्रह गरेको छ । नेशनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम बनाउनका लागि विज्ञहरूलाई विज्ञ सूचीमा आबद्ध हुनका लागि आयोगले सूचना जारी गरेर आह्वान गरेको हो ।
यस्तै विज्ञहरूलाई फागुन २१ गतेभित्र निवेदन पेश गर्न आग्रह गरिएको छ । आयोगले आफ्नो योग्यता खुल्ने कागजात सहित इमेल मार्फत निवेदन पेश गर्न उपसचिव महेश्वर शर्माद्वारा जारी गरिएको सूचनामार्फत आह्वान गरिएको हो ।
२०८१ मंसिर ५
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल
२०८१ मंसिर ४
ताजा नेपाल