Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वी नवलपरासी हुँदै पूर्वतर्फ हिँडेका गाडी आइतबार बिहान ६ बजेबाट प्रहरीले रोकेको छ । चितवन र तनहुँमा सुरु भएको चुनावको सुरक्षाका लागि भन्दै महेन्द्र राजमार्ग र भित्री सडकमा हिँडेका गाडी प्रहरीले रोकिदिएको हो । आइतबार बिहान ६ बजेबाट पूर्व र उत्तरतर्फ हिँडेका गाडी प्रहरी र गैँडाकोट, रजहर र कावासोतीमा रोकेको हो । रोकिएका गाडी साँझ ६ बजे छाडिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । महेन्द्रराजमार्ग हुँदै राजधानी काठमाडौं, पोखरा र काँकडभिट्टातर्फ हिँडेका सबै गाडी रोकिएको हो । पूर्वी नवलपरासीको पूर्वमा चितवन र उत्तरमा तनहुँ पर्दछ । ती दुवै स्थानमा आइतबार उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । पश्चिमबाट पूर्वतर्फ हिँडेका सयौं सवारी राजमार्गमा रोकिँदा यात्रु अलपत्र परेका छन् । अत्यावश्यक सेवाका गाडी (एम्बुलेन्स , चिकित्सक, फोहर उठाउने, दुध बोक्ने र सञ्चारकर्मीका गाडी) भने सञ्चालन हुन दिने जिल्ला प्रशासनले जनाएको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल