Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य अवस्था निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य निगरानीका लागि ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न लागिएको छ । स्वदेश ल्याइने नेपालीलाई विमानस्थलबाट क्वारेन्टाइनमा राखिँदा ६० जना स्वास्थ्यकर्मीले स्वास्थ्य निगरानी गर्नेछन् ।क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले सोमबार अभिमुखिकरण तालिम समेत दिने तयारी भएको छ । मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीको ६० जनाको टोली चीनबाट स्वदेश ल्याइने नेपालीको स्वास्थ्य निगरानीमा खटिने छन् । सरकारले क्वारेन्टाइनमा आवश्यक पर्ने स्वास्थ्य तथा अन्य सामाग्री व्यवस्थापनको तयारी समेत गरीरहेको बताइएको छ । बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्न निर्देशक दिएका थिए । प्रधानमन्त्री ओलीले ४ स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्न निर्देशन दिएपनि कुन स्थानमा चीनबाट ल्याइने नेपालीलाई राख्ने भनेर अझै निक्र्यौल नभएको बताइन्छ ।
सरकारले निर्देशन दिएसँगै खरिपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्रका दुई भवनलाई खालि गरिएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमणबाट ८ सय भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै ३५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण फैलिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
२०८१ कार्तिक २०
ताजा नेपाल
२०८१ कार्तिक २०
ताजा नेपाल
२०८१ कार्तिक २०
ताजा नेपाल