Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनले दिएको खोप आइपुग्यो

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी हुन् । नेपाल एयरलाइन्सको जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । सो जहाज सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । चीन सरकारले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ । विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ । यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।


सम्बन्धित समाचार