Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

काठमाडौं । चीनतर्फका दुवै नाकाबाट आवतजावत बन्द भएको छ। बुधबारदेखि चीनले पूर्ण रुपमा नेपालसँग जोडिएका स्थलमार्गका रसुवागढी र तातोपानी नाका कुनै सूचना नै नदिई बन्द गरेको हो। तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले चीनले बुधबारदेखि कुनै पनि माल सामान आवतजावत हुन नदिएको नेपालखबरलाई जानकारी दिए। उनले भने, ‘चिनियाँ पक्षले कुनै सूचना नै नदिई नाका बन्द गरेको हो। नेपाली पक्षले चीनतर्फको नाकामा रहनेसँग बुझ्दा कोरोना नै मुख्य कारण रहेको बताएका छन्।’
तातोपानीसँगै चीनले रसुवागढी नाका समेत बन्द गरेको छ। चीनले कोरोना नियन्त्रणको लागि नाकामा कडाइ गर्दै आएको छ। कोरोना सुरु भएको वर्ष अर्थात् २०७६ माघ १४ गतेदेखि नेपालतर्फको नाकामा कडाइ गरेको थियो। पछि आंशिक रुपमा खुल्ला गरे पनि त्यसयता अहिलेसम्म पूर्ण रुपले नाका खोलेको छैन। नेपालबाट निर्यात हुने वस्तुहरु कोभिड सुरु भएयता पूर्णरुपले जान पाएका छैनन्। नेपाली व्यवसायीहरुले वस्तु आयात र निर्यात खुल्ला हुनुपर्ने माग राख्दै आएका छन्।