Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनसँगको सुरक्षा सम्झौताले अमेरिका आक्रोशित

एजेन्सी । अमेरिकाले सोलोमन आइल्यान्डका प्रधानमन्त्री मिनासे सोगाभेरेलाई चेतावनी दिएको छ । चीनसँग सुरक्षा सम्झौता गरेपछि त्यसको गम्भीर जवाफ दिने भन्दै अमेरिकाले चेतावनी दिएको हो । अमेरिकाले सुरक्षा सम्झौताबारे गम्भीर चासो भएको समेत जनाएको छ । चीन र सोलोमन आइल्यान्ड बीच सुरक्षा सम्झौता भएको छ । यसले चीनको नौसैनिक आधार सोलोमन आइल्यान्डमा खडा हुन सक्ने भन्दै अमेरिकाले गम्भीर चासो व्यक्त गरेको छ । २२ अप्रिलमा अमेरिकाबाट सोलोमन आइल्यान्डमा उच्चस्तरीय भ्रमण भएको थियो । उक्त भ्रमण दलले त्यहाँका प्रधानमन्त्री सोगाभारासँग ९० मिनेट गम्भीर छलफल गरेको थियो । उनीहरुले सोलोमनको हितका लागि सहयोगको आग्रह समेत गरेको उल्लेख छ ।