Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीन भ्रमण उपलब्धीपूर्ण कि सद्भाव मात्रै ?

काठमाडौं । नेपालको पूर्वाधार विकासका योजनामा भारत र चीनले प्रतिस्पर्धामा ठेक्का लिएर वर्षाै बेपत्ता हुने गरेका छन् । भारत उर्भौलो छ तर चीन बोल्दैन । चीनले चक्रपथ दोस्रो परियोजना होस् वा नारायणगढ बुटवल सडक खण्डको आलटाल चर्को छ । नेपाली नेताहरू शुद्ध दलाल भएको कारण भारतले वर्र्षाै अगाडिदेखि कब्जा गरेको अपर कर्णाली विद्युत परियोजना होस् कि अरुण तेस्रो किन नहोस् । भारत आफ्नो स्वार्थको काम लगानी जुटाएर समयमा काम गर्छ । तर चिनलाई स्वार्थ पनि छैन कामको चासो पनि छैन । प्रधानमन्त्री केपी ओलीको चारदिने भ्रमणमा नेपालले चीनसँग ठूलो आस गर्नु थिएन । कुटनीतिलाई भन्दा राजनतिक स्वार्थ उतार चढाव गराएर आफ्नो शासन देखाउन नेपालका राजनीतिक दलहरू सफल छन् । देशको परराष्ट्र नीति एकातिर छ राजनीतिक दलको स्वार्थ अर्कोतिर छन् ।
मुलुकको परराष्ट्र मन्त्रालयमा कुटनीतिभन्दा राजनीतिज्ञहरूको जमघट हुँदा पनि छिमेकीले हेप्छन् । प्रधानमन्त्रीको यो कार्यकाल उपलब्धीहिन भएको छ । किनकि चीनको वृहत परियोजनामा नेपालले २०१७ मा सम्झौता गरेको हो । सम्झौता गर्दा आँखा नदेख्ने कार्यान्वयनमा चिनियाँ पक्षले आलटाल गर्दा खबरदारी पनि भएन । आफ्नै देशका ठेकेदारहरूलाई काम लगाएर भुक्तानी नगरेपछि नेपालले बीआरआईमा कसरी अनुदान पाउँछ र बीआरआई नेपाली फेमवर्कमा ढाल्न स्वकिृत दिन्छ ? सत्ताको दम्बले ग्रस्त यो सरकारले किन सोचेन ?
चीनले नेकपा एमालेको भारतभक्त केपी समूहलाई भन्दा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खानललाई विश्वास गर्छ । यस पटक प्रम ओलीले पुरानो सम्बन्धलाई निरन्तरता दिँदा राष्ट्रपति सिको भ्रमणकालमा सम्झौता सम्झाउनु पथ्र्यो । तर उनले २०२५ देखि २०२९ सम्मको पञ्चवर्षीय योजनाका रुपमा सार्वजनिक सेवा प्रशारण, स्वयंसेवी परिचालन, किमाथान्का पक्की पुल जस्ता विषयमा केन्द्रीत भएका छन् । प्रधानमन्त्री र काँग्रेसको तहबाट बीआरआईका बारेमा नेपालमा जसरी आपसी द्वन्द्वको स्थिति देखाइयो त्यो स्थिति यो बेला जरुरी थिएन । भाषण चर्को गर्ने काम सुन्य नेपाली परम्परा बनेको छ । चीनसँग भएको बाणिज्य सन्धिको कार्यान्वयन भएन । यस पटक ३ सय मिलियन डलर सहयोग भयो । तर केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी रेलको सपना कता गयो ? त्यो बेला बीआरआई भन्दा एमसीसीमा रमाएको एमालेका अध्यक्षले आर्थिक सल्लाहकार नै त्यस्ता खोजे जो अमेरिकन लगानीका दलाल हुन् । एमसीसी र बीआआरई सन् २०१७ मा सम्झौता भएका हुन् । त्यो बेला काँग्रेसको कठपुतली बनेर प्रधानमन्त्री ओलीले भारत र चीन जस्ता मुलुकसँगको मित्रवत सम्बन्ध बिगारेका छन् । उनको बोली र व्यवहारमा कपट छ । बीआरआई बारे सरकारको धारणा दुई थरि भयो । ऋण र अनुदानमा एक रुपता भएन । चीनियाँ सद्भाव कुल्चेर अमेरिकी योजनामा प्रम जसरी लागे त्यसले कुटनीतिक अपरिपक्वता देखायो । नेपालमा अमेरिकी चलखेल बढेको छ । एमालेका ओली भक्तहरू प्रदीप ज्ञवाली, शंकर पोखरेललाई डा. युवराज खतिवडाहरूले घुमाएर स्वार्थ लुटिरहेका छन् । तर पनि प्रम ढुक्क छन् । मुलुकको प्रधानमन्त्री पाएसम्म दक्षिणको साहरा खोज्छ । तर दक्षिणले उसको चरित्र अनुसार व्यवहार गरेकोले उत्तरको भ्रमण गर्दा जम्बो टोलीको घुमफिर भोज, भतेर त भयो भने नेपालले उपलब्धी प्राप्त गर्ने कुरा त्यस्तै हो । ३ सय मिलियन सहयोगसँग प्रधान मन्त्रीले चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला भएका सम्झौता स्मरण गराएकी चुपचाप बसे ? सोचनीय कुरा त्यो हो ।


सम्बन्धित समाचार