Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावबाट तर्संदा माओवादी भसक्कै

काठमाडौं । पार्टीका पदाधिकारी चुन्न नसक्ने, अन्तरपार्टी निर्वाचनमा जान नसक्ने क्रान्तिकारी पार्टी माओवादी केन्द्र संस्थागत रूपमा कम्पनी पनि हुन सकेन । कुनै एक प्रालीका रूपमा रहेको माओवादीका नाउमा क्षमता र इमान्दारले ठाउँ पाउँदैनन् । संगठनमा भन्दा नेताको चाकडी गरेर पद ओगट्ने रोगले माओवादीलाई शिरदेखि पाउसमम्म ध्वस्त बनाएको छ । राजनीतिको तल्लो तह विद्यार्थी र मजदूर मात्र होइनन् युवा वर्गलाई संयोजन गर्ने संगठनहरू ध्वस्त छन् । जनतालाई सूचनाको हक दिलाउने प्रेस सेन्टरले साउन १४ गते ९ महिनापछि जम्बो नेतृत्व पाएको छ । त्यो पनि सानोतिनो होइन, ६१ सदस्यीय जम्बो पदाधिकारी सहितको ।
पार्टीदेखि सबै संगठनको नेतृत्वमा पुग्ने अपेक्षा गर्नेहरूको चित्त बुझाउने सर्वसम्वत धारणा कार्यान्वयन भएकै छैन । ठाउँ थोरै चाहना गर्ने धेरै हुँदा प्रेस सेन्टरले समेत पदाधिकारीको चयन भएको छ । महाधिवेशनबाट विष्णु सापकोटा जुगल अध्यक्ष पदमा सर्वसम्मत चुनिए । तर संघीय प्रणालीमा गएको संगठनमा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष जसता पदहरूले पूर्णता पाउन ठ्याक्कै ९ महिना लाग्यो । महाधिवेशनमा नेतृत्व पार्टी अध्यक्षले टिका लगाउने अन्य पदहरू भने केन्द्रीय समितिबाट सर्वसम्मत गराउन निर्देशन दिने परिपाटीका कारण माओवादीका भगिनी संगठनहरू यसरी नै अलपत्र पर्ने गरेका छन् । निर्वाचनबाट डराउने पार्टीले कसरी जनताको काम गर्छ भन्ने विश्वास हुन्छ ? जबकि माओवादीका नेताहरू हामी अब्बल क्रान्तिकारी भन्ने गर्थे । तिनको हैसियत धमाधम देखिँदैछ । आफ्नो संगठनमा नेतृत्व चयन गर्न नसक्ने नेता कस्ता हुन् । जो चुनावबाट डराएर संगठन क्रियाशील बनाउनै चाहँदैनन् । जब संगठनको सबै पदाधिकारी पार्टीमा सुम्पने गरिन्छ भने त्यहाँ हस्तक्षेप हुनु स्वाभाविक हो । पार्टीमा विचारको बहस हुन्छ । सिद्धान्त र विचारलाई दृष्टिकोणले डोहो¥याउने हो । तर माओवादी त वैचारिक विचलनबाट पनि स्खलित भयो । त्यस्तो पार्टीले देशको कसरी हित गर्छ ।
व्यक्तिको ठालुपन र अहंकारका कारण सिंगो पार्टी बदनाम हुन्छ । गलत चरित्रले संगठनको नेतृत्व गर्न सक्दैन । त्यही कारण महाधिवेशनले निर्वाचित गरेको नेतृत्वले कार्यकर्ताको भावना बुझ्न चुनवाबाट डराउनु हुँदैन । माओवादीको प्रेस संगठनका नेताहरू पार्टीका अध्यक्षसम्म धाउन पर्नुको कारण महाधिवेशनको बेला सर्वसम्मत चुनिएका केन्द्रीय सदस्यहरूबाट पदाधिकारीको निर्वाचन गर्न डराउनु हो । निर्वाचनबाट डराउने पार्टीले कसरी संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा गर्छ ? भ्रष्टाचार र लुटतन्त्रमा माओवादी फसेको छ । माओवादीका नेता जो त्यस्ता छैनन्, जो व्यक्तिगत स्वार्थ र परिवारवादमा चुर्लुम्म डुबेका छैनन् । तिनले राज्यबाट पाउने र दिलाइने सेवा सुविधा आफैं मात्र कब्जा गर्छन् र उनीहरूको सहभागिता भएको जनयुद्धलाई कमाई खाने, ठगी खाने भाँडो बनाएका थुप्रै उदाहरण छन् । जो पार्टीको नाममा आफैंले मात्र सुविधा पाउनुपर्छ भन्ने मान्यता राख्छन् ।