Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चेकपोष्टमा समातियो लागूऔषध

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगा चेकपोष्ट अगाडि चेकजाँचको क्रममा अवैध लागूऔषध ब्राउनसुगर १ दशमलब ४ ग्राम सहित बर्दिया बुद्धनगर बस्ने मदन गुरुङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना।५ ख ६६४८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगा चेकपोष्टबाट अवैध लागूऔषध गाँजा १ केजी २ सय ग्राम सहित नुवाकोट सिलिङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय हिरादत्त खतिवडालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले त्रिशुलीबाट काठमाडौं आउँदै गरको बा।५ ख १३५९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-६ आदमघाट मिलनटारबाट अवैध लागूऔषध गाँजा १ केजी ६ सय ग्राम सहित गजुरी गाउँपालिका-८ बस्ने ३० वर्षीय बिसु दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, राक्सिराङ गाउँपालिका-४ कालिका दोभान भन्ने स्थानबाट अवैध लागूऔषध गाँजा ४ केजी ८ सय ग्राम सहित कैलाश गाउँपालिका-८ पाख्रे बस्ने २६ वर्षीय राजकुमार थिङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कान्द्राङबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा ७ केजी ६ सय ग्राम सहित कैलाश गाउँपालिका-८ बस्ने २१ वर्षीय दिपेश थिङलाई समेत शुक्रबार पक्राउ गरेको छ ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध चरेश ४ केजी ९ सय ग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत विहार बस्ने २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानिकुमार पासवान र भारत शिवहर बस्ने २४ वर्षीय राजु महत्तो रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बिआर ०१ पिएफ ७९९८ नम्बरको कार जाँच गर्ने क्रममा कारभित्र फल्सबटम बनाई लुकाई छुपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१४ बोरीयाघाटबाट भारत बिहार बस्ने ४७ वर्षीय दयाशंकर साहलाई नियन्त्रित लागूऔषध फेनारगन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र बुप्रोनर्फिन ३० एम्पुल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिलाठीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।१६ प ९१७४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।