Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरलाई नै तालाचाबी सु्म्पिएपछि…

काठमाडौं । काँग्रेसका नेता ठग र भ्रष्टकै पक्षमा छन् । डा. आरजु प्रधानमन्त्री केपी ओलीको पक्षधर । प्रम ओली विकृति र विसंगतिका नायक बनेका छन् । देशका सहकारी ठगको संरक्षक बन्न अब काँग्रेसकी आरजु नै खडा भएकी छिन् । सहकारी बोर्डमा संगीता तामाङको नियुक्तिले संसदको छानविन समितिको प्रतिवेदनमाथि अंकुश लागेको छ । नेपाल महिला संघकी केन्द्रीय सदस्य संगीता ललितपुर स्थित गोर्खा सेभिङ सहकारीको तीन अर्ब १२ करोड ६६ लाख, भक्तपुरको शिव शिखर सहकारीको ९ अर्ब ४९ करोड ३२ लाख डुबाउने मध्येकी योद्धा हुन् । जो सहकारीको रकम ठग्छ उसैलाई बोर्डमा नियुक्ति गर्ने वर्तमान सरकारका मन्त्रीहरू कानुनभन्दा माथि छन् कि पैसा माथि ? प्रधानमन्त्री ओली यस्ता विवादित पात्रहरू बोकेर विकृति र विसंगतिका विरुद्ध लड्छन् कसरी ? जबकि काँग्रेसका उपसभापति धनराज गुरुङ, एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषि पोखरेललाई जोगाउन सरकारले कानुन कुल्चने र संसदीय समितिको छानविन प्रतिवेदनलाई लोप्पा दिनु एकै हो । काँग्रेसकी डा. आरजु, एमालेका केपी ओली मिलेपछि मुलुकका अपराधहरू ढाकछोप हुन्छन् भन्ने सोचिन्छ भने त्यो गलत हुन्छ । इच्छाराज तामाङ, डिबी बमजन, ज्ञानबहादुर बमजन, धनबहादुर तामाङ, जिबी राई जस्ता सहकारी ठगहरूसँग संगीता तामाङको प्रवृत्ति जोडिएपछि सहकारी बोर्डले कस्तो निर्णय गर्ला ? उनको नियुक्तिमा डा. आरजुको चासो थियो । त्यहाँ काँग्रेसको कोटाबाट छानिएका व्यक्तिलाई हटाइएको कुरा सहकारीका कारिन्दाहरू बताउँछन् । राजनीतिक दबावमा प्रहरी परेजस्तै सहकारीमाथि पनि त्यस्तो दबाव नपर्ला भन्न सकिन्न । किनकि सुन काण्डको तस्करीमा जोडिएका काँग्रेस, एमालेका कार्यकर्ता जोगिए, समयले माओवादीका कृष्णबहादुर महरा फेला परे । १८ महिनादेखि सहकारी पीडितहरू सडक आन्दोलनमा छन् । तर उनीहरूको पीडा नत बोर्डले समाधान गर्छ, नत मन्त्रालयले नै चासो दिन्छ । मुलुकमा ३३ हजार भन्दा बढी सहकारी भए पनि तिनको अनुगमन छैन । राजनीतिक रुपमा एमाले र काँग्रेसका कार्यकर्ता जोडिएका सहकारीहरू २०४९ को ऐन अनुसार हुन्थे भने राष्ट्र बैङ्कको अनुगमनमा पर्दथे । २०७२ को परिमार्जित ऐनले सहकारी विभागमार्फत् ३२ हजार सहकारीहरूको नियन्त्रण गर्ने तागत देखिँदैन । गरिबको बचत सहकारीका लाउकेहरूले जग्गामा लगानी गरेर तीन दोब्बर कुम्ल्याउला भन्दा यो अवस्था सिर्जना भएको हो । अहिले पनि १० अर्ब भन्दा बढी रकम सहकारीको नाममा डुब्दा खेरी पीडित बनेका मकै पोल्ने र साग बेचेर जीवन चलाउनेहरू धेरै छन् ।