Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्रले पोलेपछि पूर्वन्यायाधीशलाई छटपटी

काठमाडौँ । हामी सबैले तथ्यहरुलाई केलाउँदा देखिएकै न्याय यहाँ किनबेचको विषय बन्दै आएको छ र बनिरहेको छ । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वन्यायाधीश फोरममा आबद्ध न्यायाधीशहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आबद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको सन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आफूमाथि लगाएको महाअभियोगको आरोप पत्रका सम्बन्धमा सफाइ पेश गर्ने प्रयोजनका लागि गलत बयान दिएको दाबी गरेका छन् । न्यायालयको शुद्धि र सुदृढीकरणका लागि आफ्नो अनुभव ज्ञान र दक्षताको योगदान पुयाउने उद्देश्यले कानुन बमोजिम दर्ता भई कार्यरत संस्थामा आबद्ध पूर्व न्यायाधीशहरूको मर्यादामा भ्रम फैलिने गरी उनले बयान दिएको आरोप छ । विज्ञप्तिमा भनिएको छ, निलम्बित प्रधान न्यायाधीशको बयानप्रति पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ। साथै, पूर्व न्यायाधीश फोरमसँग आबद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागबन्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौती छ।