नेपालमा शक्तिशाली पार्टी बलियो सरकार भारतको रुचिमा पर्दैन भन्ने कुरा प्रम पत्नी डा. आरजुलाई थाहा छैन । सिद्दान्त नीति व्यवहार र कार्यशैली कम्युनिष्ट चरित्र छाडेका केपि ओलीका अन्धभक्तहरुले वरु युरोपेली युनियनको योजनामा नेकपा एमाले हिडाउछन् । तर देशको सम्वृद्दि र विकासलाई छेक्छन् । चरित्र काँग्रेसको लगभग त्यही हो । मुखको सम्वृद्दिले केही गर्दैन । व्यवहारमा कम्युनिष्टकालीन ओली शासनका ४१ महिना उनको नेतृत्वको सरकार ढल्दा पछुताउनु पर्ने भएन । शेरबहादुरबाट जनताले धेरै चाहना गर्दैन । भारतले नेपाली काँग्रेसका देउवा समूहलाई रुचाए थिएन ।
उनी देशको तत्कालीन राजनीति अवस्थताका कारण सत्तामा आए । जनताले काँग्रेसलाई पाँच वर्षसम्म प्रतिपक्षमा रहन आदेश दिएको थियो । तर कम्युनिष्टको नाममा वादशाहा बनेका केपि ओलीको अहंकार नै काँग्रेसलाई भन्दा कम्युनिष्टहरुलाई पिडायुक्त बन्न पुग्यो । भारतले नेपाली काँग्रेसको देउवा समूहलाई रुचाएको छैन । किनकी लिने कुरामा कम्युनिष्टबाट सहज हुन्छ नेकाबाट कठिन त्यसैले कम्युनिष्टसँग लिदा नेका साँक्षी बस्छ । भारत केपि ओलीबाट चुच्चेनक्सा फेर्न र लिम्पीयाधुरा सहितको लिपूलेकको विषय अब नउठाउने भित्री सहमति गराउन चाहान्थ्यो । विद्यालय पाठ्यपुस्तकमा प्रवेश भएको चुच्चे नक्सा सहितको पुस्तक दवाईनु त्यही संकेत हो ।
देउवासँग भारतको आश नहुन सक्छ । त्यसैले दूत पठायो । राष्ट्रवादको मामीलामा ओली चर्काे बन्ने र ओइलाउन गाह्रो नमान्ने उदण्ड चरित्रका थिए । त्यही कारण इयूबाट एमालेमा कृश्चियन टोली सञ्चालन भयो भने भारतबाट पशुपतिको गजुर जलारी निर्माण मात्र होइन चितवनको अयोध्यापूरीमा राम र सिताको प्रतिमा सजाउने हिन्दूत्वको वखानसमेत गर्न लगाइयो । नेपालमा इयू र भारतको चाहना फरक छ । इयूले कृश्चियनटी चम्काउन चर्च खोल्न लगानी गर्छ भने भारतले हिन्दूधर्मको एजेण्डा कतै न कतै कुनै न कुनै कोणबाट प्रवेश गराउने चाहना राख्छ । काँग्रेसले हिजो पार्टी एजेण्डा धर्म निरपेक्षता स्वीकार्याे ।
राजतन्त्रको अन्त गणतन्त्रको स्थापना इयू अन्तर्गतका योजना थिए । जनभेलका अगाडि काँग्रेस झुक्यो त्यहाँ सिटौला थिए । त्यो बेला मौन बसेको कोईराला वंशले स्व. खुमबहादुर खड्काको योजनालाई स्वीकार्दैछ । नेपाली काँग्रेसको ठूलो पंक्ति धर्मको इस्यूबाट पार्टी महाधिवेशनमा खेल्न चहान्छ । यो खेलमा तरुण विभागका संयोजक शंकर भण्डारी अगाडि छन् । मुलुकको सम्वृद्दि र विकासमा उनीहरुको योजना होला तर दृष्टिकोण छैन । डा. शशाङ्क कोईराला पदीय हिसाबले पार्टीको महामन्त्री छन् । तर उनबाट पार्टीको सैद्दान्तीक गतिविधि आउदैनन् । जसरी डा. आरजूबाट अपेक्षा गर्न सकिदैन । काँग्रेसलाई सजिलो पनि छ । हिजो वीपी, गणेशमान, कृष्ण प्रसादको फोटो देखाएर जनता ठगिन्थ्यो । विगत जस्तो भए पनि गिरिजाले माओवादीलाई शान्तीवार्तामा ल्याए । शुशिलले संघिय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान जारी गराए ।
रामचन्द्र र देउवाको नाम यसरी बिक्री हुदैन । किनकी उनीहरुले देशलाई विर्सन नसक्ने केही दिएका छैनन् । केबल दिए त आफ्नै पदका निम्ति १८ पटक उमेद्वारी पौडेलको पहिचान बन्यो भने देउवा प्रधानमन्त्री पाचौ पटकमा दौडिदै छन् । कोइराला वंश त्यसकै पेरिफेरिमा कुदेका रामचन्द्रहरुको पार्टीमा सकृयता भनेको आफ्नो निम्ति पद प्राप्ती गर्नू मात्र हो । यो थारो कुदाइ थियो । सञ्जोग बस उनी पाँच पटक मुलुकको प्रधानमन्त्री भए । दल विभाजनको तुरुप केबल माधव नेपाल र केपि ओलीको शनक भित्रको मात्र अंश होइन । यहाँ हिजो काँग्रेस फुटाउँदाको घुुसपैठ, माओवादी फुटाउँदाको तुसले मात्र एमाले विभाजनको आवश्यकता र औचित्य पुस्टी गर्ने प्रयास भएको छ । देशको राजनीति कमजोर भइरहँदा भारतका प्रम नरेन्द्र मादीका दुत विजय चौथाइवालेलाई डा. आर्जूको राखी सम्बन्धले के अर्थ राख्छ ? शेरबहादुर शंख्यात्मक रुपमा संसदमा कमजोर छैनन् । बरु उनलाई पार्टी भित्रकै गठबन्धनले समस्या सिर्जना गर्दछ । रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिहं, कृष्ण सिटौलाहरु देउवालाई बलियो बनाउन चहादैनन् । किनकी कार्यकर्ताले आफूहरुलाई साथ दिउन् भन्ने उनीहरुको मनसाय छ ।
प्रचण्ड र माधव ओली जस्तो जाली चरित्रका होइनन् भन्ने कुरा डा. आर्जूको विवेकले बुझ्न सकेन भने त्यहाँ खतरा हुन्छ । सबैलाई थाहा छ डा. आर्जू हिजो शेरबहादुरको बदनाम गराउने प्रमुख पात्र हुन् । उनीसँग पार्टीका कार्यकर्ताभन्दा माइती पक्ष जोडिनुको कारण यो स्थिति आएको हो । देउवालाई जोडेर मलाई देउवा दाई मनपर्छ भन्ने प्रचारसँग ओलीबाको प्रशंङ्ग जोडिनु राम्रो होइन । किनकी काँग्रेसले बुझ्नु पर्छ कम्युनिष्टहरु चुनावमा फेरिपनि जुट्न सक्छन् । भ्रष्टचारका नायक केपि ओलीको ४१ महिने कार्यकालका आर्थिक विसङगतिलाई भण्डाफोर गर्ने तागत काँग्रेससँग छैन । किनकी काँग्रेस पनि आर्थिक माम्लामा कमजोर शक्ति हो । बाममोर्चा बन्यो भने कार्यकर्ताको दबाबमा ओली पछाडि बसेर अगाडि माधव नेपाल, प्रचण्ड, बामदेवहरुलाई सार्न सक्छन् ।
शेरबहादुरको मौका यो स्थितिमा गुम्न सक्छ । त्यसैले देउवालाई अहिलेको अवस्थामा हाईहाई गर्नु भन्दा राष्ट्र र जनताको आवश्यकतामा उचित निर्णय गर्न लगाउनु काँग्रेसलाई फाईदा हुन्छ । प्रचार त कामबाट देखिने हो । जबरजस्ती गर्नू पर्दैन । त्यहाँ भित्र भारतीय गुप्तचर रअदेखि युरोपेली युनियनको झोला बोक्ने एनजीओ र आइएनजीओका ठेकदारहरु धेरै छन् । जहाँ प्रम पत्नी डा. आर्जूको नाम जोडिन्छ । विजय चौथाइवालेको राखी सम्बन्धले नरेन्द्र मोदी र शेरबहादुरको सम्बन्धलाई बलियो बनाउन सक्यो भने नेपाल भारत बिच सम्बन्ध सुध्रिन सक्छ । किनकी नेपालले लिपुलेख, लिम्पीयाधुरा, कालापानीजस्ता विवादीत भूभागबाट जति दुख सहेको छ त्यसले भारतलाई छोएको छैन । तराईको सिमाको कुरा नगरौ । त्यहाँ भारतीय सिमा फौजबाट नेपाली जनतामाथि भएको अत्याचारका विरुद्ध मधेसवादी दलहरु बोल्दैनन् । मधेसको राष्ट्रवाद बचाउन पहाडको आवाज कुर्लनु पर्छ । राजेन्द्र महत्तो, महन्त ठाकुर, उपेन्द्र यादवहरुलाई भारतीय सिमा रक्षकले नेपाली जनतामाथि गरेको दमनले छुदैन ।
अपमान कर तिर्नेहरुले पनि कर्मचारीहरुबाट सहेका छन् । समयले भोलीका दिनमा जनपक्षीय बन्न नसक्दा देउवा र रामचन्द्रहरुलाई काँग्रेसमा गणना गर्नू अनर्थ हुन सक्छ । किनकी उनीहरुले आफ्नै पार्टी भित्र पदका निम्ति देखाएको जात्रामा आम जनताले सरोकार राख्नु पर्छ भन्ने छैन । भारतीय दुतलाई राखी बाँधेर नेपाल र भारतबिचको फुर्के लौरी घुमाउने हो फस्ट लेडीले यस्ता कुरामा ख्याल गर्नु नै राम्रो हो । विषय राष्ट्रियतासँग जोडिएका अन्तरसङ्घर्षका अंशहरु देखिन सक्छन् । जय सिहं धामी भारतीय सुरक्षा फौजबाट तुइनको लठ्ठ काटिदा महाकालीमा बेपत्ता भए । नरेन्द्र मोदीका विश्वास पात्र चौथाइवालेले आर्जूदेखि माधव नेपालसम्मलाई भेटघाट गरे । तर त्यहाँ कुनै नेताको मुखबाट जय सिहं धामीको मृत्यु भारतीय हेपहा प्रवृत्तिले भएको हो भन्ने आट कसैलाई भएन । आफैंले गठन गरेको छानविन समितिको प्रतिवेदन नआउँदै सरकारले जयसिंहको परिवारलाई रु १० लाख राहत दिएर उम्किएको छ । धन्न छ नेपाली राजनीति र नेपाल सरकार ।