Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छोगडासहित समातिए ठाकुर

पर्सा । वीरगंज महानगरपालिका-१६ सिंगाहीपुलबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब ५० केजी छोगडा सहित बारा बिश्रामपुर गाउँपालिका(४ बस्ने ३० वर्षीय मुकेश ठाकुर लोहारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी लोहारले ना।१६ प ५११५ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उक्त छोगडा सहित उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार