Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छोरा भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज लिएको खुलासा

काठमाडौँ । नेपालगञ्जका गुण्डा नाइके योगराज ढकाल उर्फ रिगलको समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले औषधीको ओभरडोज लिएको खुलासा भएको छ । छोरालाई भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज लिई बेहोस भएपछि उनको भेरी अस्पतालमा उपचार हुँदै गरेको छ । नेपालगञ्जका स्थानीय सञ्चारकर्मी आशिष मल्ल ठकुरीका अनुसार छोरा पढ्ने विद्यालयले भारतीलाई छोरासँग भेट्न नदिएको र खाजासमेत फिर्ता गरिदिएपछि उनले आत्महत्याको प्रयास गरेकी हुन् । स्थानीय क्रिष्टल बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत आफ्नो छोरालाई भेट्न र खाजा पुर्याउन भारती दैनिकरुपमा विद्यालयमा जाने गरेकामा मंगलबार विद्यालयले उनको खाजा दिन नमिल्ने भनी फिर्ता पठाएको थियो । बालकको अभिभावकको नाममा हजुरबुवा र हजुरआमाको नाममात्रै रहेको भन्दै अभिभावकको नाम नरहेको अवस्थामा खाजा स्वीकार गर्न नसकिने भन्दै भारतीको खाजा फिर्ता पठाइदिएको थियो । यसअघि पनि भारतीले खाजा लगिदिने गरेको भएपनि विद्यालयले थाहा नपाएको र मंगलबार थाहा पाएपछि खाजा फिर्ता पठाइदिएको स्थानीय सञ्चारकर्मी ठकुरीले बताए । विद्यालयले खाजा फिर्ता पठाइदिएपछि भारतीले भावुक हुँदै सामाजिक सञ्जाल फेसबुकमा ‘छोरा मलाई माफ गरिदेउ, म थाकी सकेँ’ भनी स्टाटस लेखेकी थिइन् । त्यस्तो स्टाटस लेखेको पाइएपछि कुनै अप्रिय घटना नहोस् भनी उनका दाइ र अन्य एक महिला भारतीको डेरामा पुग्दा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । अचेत अवस्थामा फेला परेकी भारतीले झोलरुपमा रहेको कुनै औषधी आधी खाइसकेको तथा दैनिक खाने डिप्रेसनको औषधीको एक पत्ता सबै खाएको पाइएको ठकुरीले बताए । औषधीको ओभरडोजले विषको रूप लिएको र अवस्था गम्भीर रहेको अस्पतालको भनाइ उद्धृत गर्दै ठकुरीले बताएका छन् । उनलाई आइसियुमा राखेर उपचार गरिरहेको र कम्तीमा ७२ घण्टा आइसियुमा राखेर उपचार गर्नुपर्ने ठकुरीले बताए । चेतन मानन्धर तर्फबाट जायजन्म भएको सन्तानलाई भेट्न भारती विद्यालयमा पुगेकी थिइन् । भारतीले हाल अर्का व्यक्तिसँग विवाह गरेपछि चेतनको परिवारले भारतीलाई बालकसँग भेटघाट गर्न पनि प्रतिबन्ध लगाइदिएको ठकुरीले बताए । बालकलाई भेटघाट गर्नसमेत नदिएपछि उनी चिन्तित भएको र विद्यालयले खाजा समेत फिर्ता पठाइदिएपछि उनले आत्महत्याको प्रयास गरेको ठकुरीको भनाई छ ।