Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जंगली च्याउले एकै परिवारका ७ जना बिरामी

बुटवल । विषालु च्याउ खाँदा रुपन्देहीमा एकै परिवारका ७ जना बिरामी भएका छन् । भैंसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षकी बालिकादेखि ७० वर्षीया वृद्धा छन् ।गैडहवा गाउँपालिका– ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षका रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीया कैलाशी हरिजन बिरामी परेका छन् । शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र वान्ता हुने जस्ता समस्या देखिएपछि उनीहरु राति १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । बिरामीको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको उनले जानकारी दिए ।


सम्बन्धित समाचार