Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जंग्गी अड्डामा गोली हानेर सिपाहीले किन गरे आत्महत्या ?

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे । पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेको प्रवक्ता पौडेलले बताएका छन् । घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको बताइन्छ ।
आपूर्ति तथा परिवहन गणमा कार्यरत ती सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरी हो । उनी ९ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए । के कारण उनले जीवन त्यागे त्यसबारे भने खुलेकाे छैन ।