Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जगदम्बा इन्टरप्राइजेजका सिइओको ज्यान कोरोनाले लियो

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) ज्यान कोरोना संक्रमणका कारण गएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् । ५६ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ हुन् । मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जगदम्बा इन्टरप्राइजेजका सिइओलाई कोभिड अस्पतालको आइसियुमा राखिएको थियो । बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाइ भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका क्रममा बिहीबार राति करिब ११ बजे मृत्यु भएको कोबीड अस्पतालका चिकित्सक डाक्टर सिंहले जानकारी दिए । त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएअनुसार बिहिवार राति संक्रमण पुष्टि भएका ४२ जना मध्ये ११ जना स्वास्थ्यकर्मी र तीन जना मृगौला रोगी रहेका छन् । यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ११ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका २ जना, लोटस फर्माका कर्मचारी १ जना, मेग्न्स फर्माका कर्मचारी ३ जना ,पर्सा जिल्लाका ८ जना, बारा जिल्लाका २ जना र रौतहट जिल्लाका १ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।