Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जङ्गी अड्डातिर पनि कमिशनकै खेल

काठमाडौं । जतिसुकै राष्ट्रिय गौरवको निशाना देखिए पनि नेपाली सेना जनपक्षीय बनेको छैन । काँग्रेसी चरित्रका रक्षामन्त्री होऊन् कि कम्युनिष्ट चरित्रका रक्षामन्त्री । गणतान्त्रिक सत्ताका पहिलो रक्षामन्त्री रामबहादुर थापालाई तत्कालिन प्रधान सेनापति रुक्माङगद कटवालले भाउनै दिएनन् ।

किनकि त्यो बेला माओवादी सेनाका सहकाण्डर बादल थिए । माओवादीलाई काँग्रेस, एमालेको गठबन्धन सरकार र एमालेको ओली गुट सेनाभित्रको चरम निरंकुशतावादी धार र छिमेकी भारतले समेत एक्ल्याएर खेद्न ठूलै आतंक चम्काएको थियो । तर सफल भएन । सेनाको आन्तरिक खरिदमा मात्र होइन, उसले चलाएको व्यापारीक पाटो पनि भद्रगोल छ । त्यो सेनालाई ठूलो विश्वास गर्दै कम्युनिष्ट सरकारका रक्षामन्त्री विद्या भण्डारी, भीम रावगलसम्मले जस्तो फाइल ल्याउँछ त्यही सदर गर्दै सेनाले जति पैसा माग्छ त्यतिमै समर्थन गर्ने प्रवृत्ति त्वम सरणम् बाहेक केही गरेनन् ।

सेनाले चौधरी ग्रुपको विस्कुट होस् वा चितवन ह्याचरीको अण्डा र कुखुराको मासु सप्लाई ठेक्कामा होस् राम्रै तेलामेला गर्छ । ईश्वर पोखरेल अहिले रक्षामन्त्री छन् उनको आगमनसँगै लामो समय विवादमा रहेको विस्कुट केश टुंगिएको छ । लगातार बसन्त चौधरीको कम्पनीको विस्कुट नलिने भन्दा केही लागेन । त्यहाँ ईश्वरका सेवक बनेर पार्टी अध्यक्ष प्रचण्डलाई १७ हजारको ज्यान लिने हत्यारा भन्दै फेसबुक स्टाटस फैलाउने विद्वानहरूको कुरा मन्त्रीले सुन्नैप¥यो । एक कर्मचारी भन्दै थिए, मन्त्री जस्तै पावरफुल कार्यकर्ता रहेछन् । त्यही केशका कारण रक्षाबाट सचिवको सरुवा भएको थियो । उनले बताए, नेपाली सेना दूधको साक्षी बिरालो हो । उसको कार्यक्रमले देशको शिर उचो राख्ने भनिन्छ । तर जनयुद्धको बेला भैरवनाथ गणको मानव वधशाला रुपी रवैया होस् वा मैना सुनुवार बलात्कार र हत्या काण्ड जस्ता दर्जनौं काण्ड त्यही भएका थिए । वर्तमान सरकारका रक्षामन्त्री त त्यो बेला पनि त्यस्ता काण्डका समर्थक हुन् । उनको पार्टीले माओवादीविरुद्ध ऐलान गथ्र्यो ।

अहिले फास्ट ट्य्राकको पैसा थपिएको छ । निर्माण अवधि २०८० भनिएको छ । राणा, थापा, बस्नेत, काजीहरूको हिजोको जस्तो स्थिति अहिले छैन । तर सेनाभित्र चर्को भ्रष्टाचार छ त्यसको छानविन अख्तियारले गर्न पाउँदैन । संसदले कुरा उठाउन सक्छ । सेनाले सडकको ठेक्का लिएको छ । आफू काम लिएर पेटी ठेकेदारलाई काम दिने सेनाले फास्ट ट्य्राकमा बजेट कति बढाउँछ त्यसको लेखाजोखा गर्ने शक्ति देशमा छैन । रक्षामन्त्रीको काम सेनाले लगेका फाइल सदर गर्ने, खल्ती भर्ने आफ्ना दलालहरूलाई सेनाको खर्चमा मिसन भ्रमणमा खटाउने सरकारले दिने गोदवाको सिफारिश गर्ने भएको छ । सेनाले बनाएको डोल्पा, जाजरकोट सडकको ब्रम्हलुट कसैले हेर्दैन । नुवाकोट धुन्चे सडकको के कुरा !

लाम्टाङ राष्ट्रिय निकुञ्जले गोसाइकुण्डका तीर्थयात्रीसँग प्रवेश कर लिन्छ । तर गोसाइकुण्ड जाने पैदल बाटोको अवस्था हरिबिजोग छ । ठेक्का सेनाले लिने काम पेटी ठेकेदारले गर्ने भएकाले सेनाको कामलाई शंका गरिँदैन । सेना जनताको सेवक बन्नु पर्छ भन्ने भावना भए पनि यो शक्ति राजतन्त्रको रक्षक भएर लामो समय बिताएकाले आफ्नै बारेमा उत्पन्न शंका चिर्न सकेको छैन । सेनालाई अझै पनि भाट र दलालहरूकै घेरा मन पर्छ जसरी रक्षामन्त्रीलाई आफू ठूलो देखिन पार्टीका अध्यक्ष प्रचण्डको विरुद्ध फेसबुक युद्ध चम्काउन मन पर्छ ।