Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणी अभियोगमा दुई युवा पक्राउ

सुनसरी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका(११ सिमरवना चोक बस्ने १९ वर्षीय त्रिलोचन चौधरी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा घारीमा गत आइतबार राति ती किशोरीलाई ९ जनाले सामुहिकरूपमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरी समेत २ जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार