Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका(१५ तिनथानाबाट ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिका(१ घर भएका २४ वर्षीय संजय घर्तीमगर, सिन्धुली सुनकोशी गाउँपालिका(९ घर भएका १९ वर्षीय पासाङ तामाङ र रामेछाप गोकुलगंगा गाउँपालिका(२ घर भएका १९ वर्षीय कपिल खड्का रहेका छन् ।
उनीहरुले सोही ठाउँस्थित सडक किनारामा पार्किंङ गरी राखेको ना।३ ख ६९४ नम्बरको ट्रकमा लगी ती किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार