Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

काभ्रे । जबरजस्ती करणी मुद्दामा फरार रहेका ३ जना प्रतिवादीहरुलाई बुधबार बिहान प्रहरीले उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका-१० थापागाउँ बस्ने मण्डनदेउपुर नगरपालिका-८ घर भएका १९ वर्षीय सविन गौतम, बनेपा नगरपालिका-१० डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ शेरा घर भएका १९ वर्षीय सविन दुलाल र पनौती नगरपालिका-५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा रहेका छन् ।
उनीहरुले २०७६ असोज १३ गते १६ वर्षीया किशोरीलाई बा।५ च ३८४९ नम्बरको बलेरो गाडीमा राखी बनेपास्थित काभ्रे क्याम्पस भन्दा माथिको जंगलमा लगि जबरजस्ती करणी गरी फरार भएका थिए ।
वारदात पश्चात फरार रहेका उनीहरुको जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बनेपा नगरपालिका-१० र पनौती नगरपालिका-५ स्थित आफ्नै वतनमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै घटनामा प्रयोग भएको बलेरो गाडी समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार