Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जब डीडीसीले नै यस्तो हर्कत गर्छ भने…

काठमाडौं । डीडीसीका उत्पादन स्वस्थ हुन्छन् भन्ने विश्वास भएरै मानिसहरु डीडीसीका उत्पादन आँखा चिम्लिएर खरिद गर्छन् । तर सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा म्याद नाघेका बटर ठूलो परिमाणमा फेला परेको छ । गुनासोको आधारमा काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा डीडीसीको बालाजु प्रशोधन केन्द्रमा म्याद नाघेको बटर फेला परेको हो ।
डीडीसीको चार वटा स्टोर अनुगमनका क्रममा म्याद नाघेको बटर भेटिएको महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । डीडीसीको स्टोरमा २०१९ नोभेम्बर, २०१९ डिसेम्बर, २०२० जनवरी र २०२० फेब्रुअरी गरी ४ लटका १ लाख ९४ हजार ९७५ किलोग्राम म्याद नाघेको बटर फेला परेको हो । बटरको उपभोग्य म्याद नाघेको न्यूनतम पनि २ महिना बितिसकेको छ । डीडीसीले यो बटर प्रयोग नगरेको भनेको उनले बताए । महानगरको उपभोक्ता हित संरक्षण समितिले बजारमा खाद्य तथा दैनिक उपभोथ्य बस्तुको नियमित अनुगमन गरिरहेको छ । यो समितिको संयोजक उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ रहेकि छिन् भने अनुगमनको नेतृत्व कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले गरिरहेका छन् । अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभाग, खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग, महानगरको पशु सेवा विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका पदाधिकारी सहभागी भएका थिए । टोलीले सामान बरामद गर्न, नष्ट गर्न तथा अन्य आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीसँग समन्वय गर्ने गरेको छ । अनुगमन टोलीले घिउ उत्पादन हुने कक्षको पूर्वाधार सुधार गर्न र सरसफाइ गर्न निर्देशन दिएको छ ।


सम्बन्धित समाचार