Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जब प्रेम आलेले माधवलाई पनि थर्काए

काठमाडौं। रिस उठ्यो कि आमाचकारी गाली गर्ने नमूना मन्त्री प्रेम आलेले पार्टी अध्यक्ष मधवकुमार नेपाललाई समेत बाँकी राखेनन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीबाट पर्यटनमन्त्री बनेका प्रेम आलेबीच चर्काचर्की भएको छ । आज पार्टी बैठकमा नेपाल र आलेबीच चर्काचर्की भएको हो ।
बैठकमा माधव नेपालले पार्टीको निर्णय सबैले मान्नुपर्ने र विगतको समझदारी पालना गर्नुपर्ने समेत बताएका थिए । उनले मन्त्रीहरु परिवर्तनलाई स्वाभाविक मान्नुपर्ने भन्दै असन्तुष्टहरुप्रति कडा बोली प्रयोग गरे । त्यसपछि पर्यटनमन्त्री प्रेम आले जंगिएका थिए । उनले कुबेलामा मन्त्रीबाट हटाउन खोजेको भन्दै असन्तुष्टि पोखे । आलेले ४८ घन्टाभित्र पार्टीको निर्णय कार्यान्वयन गरेर देखाउने बताए । तर, त्यो निर्णय केलाई मान्ने हो भन्ने चासो बनेको छ । आलेले संसदीय दलको नेता नै परिवर्तन गर्न खोजेको चर्चा छ ।