Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जलहरी भ्रष्टाचारको अभियोग लागेका थापा तीन लाख धरौटीमा छुटे

काठमाडौं । विशेष अदालतले पशुपतिमा सुनको जलहरी चढाउँदा एक किलो भन्दा धेरै सुन भ्रष्टाचार भएको मुद्दामा प्रतिवादी बनाइएका पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा। प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो । त्यस्तै विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।