Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसपामा बाबुराम अल्पमतमा !

जनता समाजवादी पार्टी नेपाल जसपा उपेन्द्र यादव पक्षको वीरगञ्जमा बुधबारदेखि जारी बैठकमा सहभागी हुने केन्द्रीय सदस्यको संख्या ३०४ पुगेको छ । यस्तै ३५ सदस्यीय कार्यकारिणी समितिमा २२ जना सहभागी भएको दावी गरिएको छ । बुधबार उद्घाटन सत्रसम्म १३० जना केन्द्रीय सदस्यले आफ्नो नाम रजिष्ट्रेशन गराएर बैठकमा प्रवेश गरेका थिए ।

तर, आजको बन्दसत्रमा ३०४ जना पुगेको केन्द्रीय सदस्य एवं वन मन्त्री प्रदीप यादवले ताजानेपाललाइ बताए । उनका अनुसार ३०४ जना केन्द्रीय सदस्यले हस्ताक्षर नै गरिसकेका छन् । यो संख्या अझै बढ्ने मन्त्री यादवले दावी गरे । जसपामा केन्द्रीय सदस्यको संख्या ४९९ सदस्यीय रहेको छ ।

बैठकमा १७ जना संघीय सांसदको पनि सहभागिता रहेको बताइएको छ । जसपा बाबुराम पक्षको केन्द्रीय समितिको बैठक बुधबार सम्पन्न भएको छ । सो बैठक सम्पन्न भएपछि नेताहरु जसपा उपेन्द्र यादव पक्षको बैठकमा पनि सहभागी भएको बताइएको छ । यादव पक्षको बैठक बिहीबार सम्पन्न हुने कार्यक्रम छ ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल