Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसबाट कोरोना नियन्त्रण सम्भब छैन

विदेशमा रहेका नेपालीहरुलाई आजदेखि सरकारले आवश्यकता र वाध्यताका आधारमा स्वदेश फिर्ता गराउने तयारी गर्दै छ । दुवै तिरका यात्रु लैजाने र ल्याउने प्रवन्ध गर्न सकेको भए यात्रुहरुले बढी भाडा तिर्नु पर्ने । विश्वव्यापी रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सरकारले समयमा सचेतना अपनाएको भए दुई महिना पन्ध दिनको लकडाउनको अवधिमा जनता आतंकित हुनु पर्ने थिएन । सरकारी खर्च लापरवाही ढगंले भएको देखिन्छ तर रोग नियन्त्रमा प्रगती भएको छैन । राजनितीक सुजबुज र विज्ञताका आधारमा विशेषज्ञहरुसंग सुझाव लिएको भए सोही आधारमा आवश्यक तयारी गर्न सकिन्थ्यो । सबै कुरा आफै जान्ने भएपछि ओली सरकारका संन्चालकहरु पछिल्लो समय जनता विच आलोचित बन्नु पर्ने थिएन । पाटी थियो अनुभबी नेता थिए ।संगठित र अनुसासित कार्यकर्ता मात्र होइन । पाटी सदस्य रहेका विशेषज्ञ हरुपनि थिए । तर तिनलाई गुटको आरोपमा समय अनुसारको सहयोग सुझाब लिने सत्ता पक्षले देखेन । नेपाली उखान छ मरे पछि स्वर्ग देखिन्छ –ओली सरकार आफ्नो असक्षमताका कारण अहिले छटपटाउन थालेको छ ।
सरकारलाई व्यापारीले समेत पत्याएनन् । विगतमा राष्ट्रिय संकट पर्दा (भुकम्प वाडी पहिरो) जम्मा भएको राहत रकम रआवश्यक जिन्सी सम्वन्धित पिडीत पक्षलाई समयमा नदिएर जिन्सी सामाग्री सड्ने पैसा बैक मा थन्कीने भएको सबैले देखेका थिए । यस पटक जिन्सी सामाग्री दिने व्यापारी हरु समेत पैसा माग गर्दा सरकारको खातामा २ अर्व ३१ करोड ५५ लाख जम्मा भएको छ । सरकारले गरेका खर्च मध्ये संघमा ६ अर्व ३ करोड प्रदेशमा १ अर्व ८ करोड स्थानिय तहमा २ अर्व ७६ करोड खर्च भएको देखिन्छ । स्वास्थ सामाग्री मात्रै १० अर्व खर्च भई सकेको रिपोट जब बाहिर आयो तब मान्छेले भन्न थाले दालमा कुच काला हे ।कारोना माहामारी को समयमा समेत मितव्ययीता अपनाउन नसक्ने ओली सरकार बदनाम नभए जनता बदनाम हुन्छ ? निती गत लुटका १ दर्जन काण्डहरु यो सरकारका उपलब्धी भएका छन्् । अंहकार र गुटवादकै कारण सरकार सफल नभएको हो । अहिलेको स्थितीमा स्वास्थ मन्त्रालयले अपनाउनु पर्ने पुर्व तयारी कतै देखिदैन तर मन्त्री भन्छन् स्वास्थ संकटकाल घोषणा गनु पर्यो । उनले यो अवधिमा कति अस्पताल घुमे कति डाक्टर नर्सहरु संग परामर्स गरे प्रधानमन्त्री ले कहिलै सोधपुछ गरेनन्। किनकी उनी प्रधान मन्त्री केपी ओलीलाई भगवान मान्ने गुटका कारिन्दा थिए । ओलीका हनुमानका रुपामा देखिका रक्षा मन्त्री इश्वर पोखरेल परराष्ट मन्त्री प्रदिप ज्ञवाली अर्थ मन्त्री युवराज खतीवडाको कार्य क्षमताले कोरोना रोग नियन्त्रण सम्भब छैन। यिनको बैहीरगमन तत्कालको आवश्यकता हो तर प्रम ओली उनीहरुलाई पदबाट हटाउन चाहदैन किनकी निती गत भष्ट्रचारमा चाजोपाजो मिलाउने यिनै हुन ।