Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । राजा फालेर ल्याएको गणतन्त्रले नमुना लायक राष्ट्रपतिको रूपमा डा. रामवरण यादवलाई पायो । डा. यादवको त्यो पदमा पुग्नुको कारण माओवादी थियो । स्वर्गिय गिरिजाप्रसाद कोइरालामाथि घात गरेको माओवादीले ठूलो पार्टी भएर संविधानसभाको महत्वलाई अनुमान गर्न सकेन । केपी ओली नेकपाको नाउँमा प्रधानमन्त्री बन्दा जस्तो तुजुक देखाए त्यस्तै दम्व र अहंकारले माओवादी ग्रस्त भयो । कम्युनिष्ट नेतृत्वको सरकारमा नेकपा एमाले जस्तो ढुलमुले पार्टी थियो । वामदेव गृहमन्त्री डा. बाबुराम अर्थमन्त्री । तर वामदेवले डा. वावुरामको खुट्टा ताने । नेवारी समुदायले गुठी परम्पराको खर्च कटौती रुचाएनन् । त्यसका पछाडि वामदेव थिए ।
माओवादीले विवेक नपु¥याउँदा एमाले काँग्रेस एक भए । डा. रामवरण यादव जस्ता लुटेरा देशको राष्ट्रपति भए । प्रचण्ड सरकार ९ महिना मै ढल्यो । राष्ट्रपति डा. रामवरण यादव केपी ओली जस्ता राष्ट्रका लुटाहाले माओवादीलाई खेद्ने औजारका रूपमा सरकारले भनेको नमान्ने प्रधानमन्त्रीसँग पैठेजारी खेल्ने विभागीय रक्षामन्त्रीलाई असहयोग गर्ने रुक्मागत कटुवाल सेनाका प्रमुख थिए । माओवादी संझौताबाट शान्ति प्रकृयामा आएको सबैलाई थाहा छ । तर त्यो जमात यूद्ध जिते जस्तो थियो । अझै पनि त्यस्तै छ ।
सहमति र सहकार्य विनाको एकता सम्भव थिएन । स्व गिरिजालाई राष्ट्रपति दिएको भए प्रचण्ड सरकार ढल्ने थिएन । त्यो समयको वातावरण विगार्ने मोहन वैद्यजस्ता ढोंगीहरू थिए । रामबहादुर थापा, सिपी गजुरेल, सुरेश आले, देव गुरुङ जस्ता अर्का ढोगीहरू मोहन वैद्यलाई उचालेर स्वार्थ पूरा गर्ने चुत्करहरू थिए । यीनकै क्रान्तिकारीताबाट एकाएक रामराजाप्रसाद सिंहलाई अगाडि सार्दा उव्जेका डा. रामवरण यादव देश लुटेराका रूपमा परिचीत भए । परमानन्द (चरेशानन्द) झालाई तत्कालीन फोरमले उपराष्ट्रपति बनायो । सपथ लिँदादेखिनै विवादीत झालाई सर्वोच्चको न्यायधिसबाट राजाले वर्खास्त गरेका थिए । लुटाहा पूर्व न्यायाधिस उपराष्ट्रपति चिकित्सा पेशा छाडेर काँग्रेसको कोईराला परिवारको दाश भएवापत राष्ट्रपति पाएका डा. रामवरण यादव ०६५ बाट २०७२ असोजसम्म राष्ट्रपति भए । उनले ०७३ सालबाट हरेक वर्ष उपचार खर्चका नाउमा लाखौ कुम्ल्याए । पछिल्लो पटक ०७९ फागुनमा उनले २५ लाख लिए । ०७३ रु ३ करोड, ७५ मा २० लाख ०७६ विल वमोजिम, ०७७ १० लाख ०७८ १० लाख गरी रु ३ करोड ४५ लाख झ्वाम पारेका छन् । पैसा खाएपनि पुग्नेगरी उनले देश लुटेको प्रमाण हो यो । डा. रामवरण काँग्रेस विद्या भण्डारी एमालेको ओली गुटकी कारिन्दा । यी दूवैले राजतन्त्रको झल्को दिलाए । सडक सवारीमा डा. यादव वा विद्याले जनताको बाटो छेकेर आफू कारगेटमा सवारी गरेर गाली नै खाए ताली खाएनन । तर पनि तीनलाई छोएन । राज्यकोष हजम वढी हजम गर्ने एमालेका केपी ओली हुन् । उनलाई पनि राष्ट्रले ४ करोड ९८ लाख १३ हजार खर्चेकै हो । विद्यालाई पनि राज्यले राम्रै खर्च गरेको हो । केपीले त एनसेलको ६४ अर्व कर उठाउनु सट्टा नितिष लाल आचार्यको पैसामा उपचारसम्म गरे । राष्ट्रपतिको नाममा राज्य लुटने यी ज्वजल्यमान बहादुरहरूको भिडमा रामचन्द्र पौडेल आएका छन् । उनले राष्ट्रपति चुनिएकै दिन विगतको जस्तो जनता तडपाउपदिन भनेको भोली पल्ट पशुपतिनाथ दर्शन र सुन्दरीजल पुग्दा सडक खाली गराईएको पत्तो कति पाए ? लोभी यी पनि छन् । जसले शान्तिमन्त्री वन्दा श्रीमतिलाई द्वन्द्व पिडितको नाउमा ३
लाख दिलाएकै हुन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल