Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जिपलाइनको झुण्डाइबारे प्रचण्डको प्रष्टोक्ती

काठमाडौं । नेकपा विभाजनपछि माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपालका गतिविधिमाथि निगरानी गर्ने एमाले निकट साइबर सेनका कारण अहिले ती दुवै नेता तनावमा छन् । पछिल्लो पटक प्रचण्डले जिपलाइनमा यात्रा गरेको विषय सामाजिक सञ्जालमा बहस को विषय बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धुलिखेलमा चढेको जिपलाइनबारे नकारात्मक टिप्पणी भएकामा असन्तुष्टि जनाए । ‘म एक रातका लागि सुकुटे गएको थिएँ । फर्किँदाखेरि यहाँ चढ्न रमाइलै हुन्छ भन्ने भयो, तुरुन्तै निर्णय गरेर चढे । नेपाली जनताले बुझ्ने कुरा हो’ चितवनमा पत्रकारसँगको कुराकानीमा उनले भने । देश बाढीपहिरोमा डुबेको बेला प्रचण्ड जिपलाइनमा चढेको भनेर आलोचना भएको थियो । प्रचण्डले भने आफूले जिपलाइन चढेको विषयमा समाचार बन्ने विषय नै नभएको बताए । ‘तर्पाहरुले सामान्य परिघटनाको रुपमा लिँदा पनि हुन्छ । अलिकति जोखिमपूर्ण क्रियाकलाप गर्ने मेरो रुचीलाई सकारात्मक रुपमा लिँदा पनि हुन्छ । यो धेरै चर्चा हुनुपर्ने विषय नै थिएन । म २४ घण्टाका लागि बाहिर गएँ, फर्केर आउँदा जिपलाइन चढेँ, यो देशभरि समाचार बनाउनुपर्ने विषय नै हो जस्तो लाग्दैन ।’