Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जी न्यूजको पागल प्रलाप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता भर्खरै प्रशारण गरेको भारतीय च्यानल जी न्युजले नेपालको सगरमाथा भारतले दाबी गर्नुपर्ने वाहियात कपोलकल्पित समाचार सम्प्रेषण गरेको छ । रअको रेर्डक्वार्टरमा माओवादी नेता डा. बाबुराम भट्टराई र प्रचण्डलाई राखेर २०५४ सालमा काठमाडौंको अनामनगरमा कार्यालय रहेको अन्तर्र्राष्ट्रिय मञ्च पत्रिकाको कार्यालयबाट माओवादी परिचालित भनेर समाचार सम्प्रेषण गरेको थियो ।

अन्तर्राष्ट्रिय मञ्चको क्यालेन्डरमा रहेको ग्रेटर नेपालको नक्सा पल्टाउँदै चीनको सहयोगमा माओवादीहरुले ग्रेटर नेपालको अभियान चलाएको भनेर झूठो समाचार सम्प्रेषण गरेको थियो । जबकि माओवादी स्वयं रअको हेर्डक्वार्टरबाट सञ्चालित थिए । यसैगरी दरबार हत्याकाण्ड दीपेन्द्रले गरेको भनेर पहिलो समाचार सम्प्रेषण गर्ने पनि जी न्यूज नै थियो । यसबाट प्रस्ट हुन्छ जी न्युजले रअको मिसनमा सीआइएलाई अनुकुल हुने गरी समाचार सम्प्रेषण गर्दछ । केही समय पूर्व केपी ओलीलाई चीन निकट भन्दै नेपालमा रहेकी चिनियाँ राजदूतविरुद्ध अफवाह फैलाउने काम पनि जी न्युजले नै गरेको थियो । त्यसकारण यस्तो पागल प्रलापगर्ने सञ्चार सस्थाको भ्रममा पर्नु हुँदैन ।