Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुम बैठकको औचित्य थियो र ?

प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पद र गुटको मात्र ध्यान दिएको आरोप लगाएर आफुले नियोजित रुपमा चलाएका भर्चुअल बैठक, जनताको बहुदलिय जनवादको वकालत र कर्णली प्रदेशको विवाद पर्सा काण्ड ओम्नी समुह संग जोडीएको भष्ट्रचारको विषयलाई लुकाए । नयोजित रुपमा माधव निकट मन्त्रीहरु लाई हटाएर मन्त्री बनाएका हरुको काम पनि गणना युतm नहुदाँ मौन बसेकै छन् । राम्रो काम गर्दा गदै गोकर्ण विष्ट लालबाबु पण्डित चन्द्रदेव खनाल मात्रीका यादव थममायाँ थापा हटाइएकै हुन् ।उनीहरु ओली गुटका थिएनन् । ति ठाउँमा ल्याइएका घनश्याम भुषाल रामेश्वर यादव हृदय त्रिपाठी पारवत गुरुडले कति काम देखाएत यादव र त्रिपाठी त विवाद श्रृजना गर्न सफल छन् । भुषालकै पालामा किसानले मल पाएनन् प्रमका विश्वाशी पोखरेल र ढकाल कोभिड १९ रोगथाम नियन्त्रण औषधी खरीद काण्डमा मुछिएकै हुन् के यिनीहरु प्रमका निमित्त साधु थिए ?
बदनामलाई आफु निकट भए वापत राखी रहदाँ प्रचण्ड निकटका शतिm बस्नेत विना मगर वर्षमान पुनको कार्यक्षेत्र माथि हस्तक्षेप किन ? विधुत प्राधिकरणमा कार्यकारी निर्देशक किन राखिएन ? यति खेर जल माफीयाहरुले विधुत प्राधिकरण लाई कमजोर बनाउन विधुत आपुर्ति कटौती गर्ने अभियान चलाए भने प्रधान मन्त्री ओलीको सरकार बदनाम हुदैन ?ओली पक्षका मन्त्रीले संन्चालन गरेको मन्त्रालयमा प्रचण्डको सिफारिसमा कति जनाले नियुत्ती पाएत । अहिलेको लडाई कस्को निम्ती हुदै छ । विचार सिद्धान्त विधि प्रकृया कता गए । किन यकिकृत पाटीको संरचना लाई गुटबन्दिमा दर्शाउनु पर्यो । पाटीको नियम ठुला साना सबैलाई बराबर लाग्नु गर्दछ । गुटको आधारमा आफ्ना मान्छेलाई मन्त्री पद दिने उनीहरुका गल्ती नियन्त्रण नगर्ने हो भने पाटी भनेर हिड्नुको के अर्थ ।
प्रधान मन्त्री ओलीले पाटी निभाजन हुन नदिने सन्देश दिएका छन् यो सन्देश उनले गुटको बैठक बसेको आरोप लगाएको सचिवालयका सदस्य तथा अध्यक्षले समेत दिएका छन् । पाटी विभाजन बाट रोक्नका निमीत्त भाद्र २६ गते स्थाई समितीले दिएको निर्देशन मानिदिदा ओलीको तौल घट्दैनथ्यो । मान्छे आफ्ना राखेपनि सचिवालयमा छलफल गरेर तिन मन्त्री तिन राजदुत हरुको नियुतmी तथा सिफारीस गरेको भए के विग्रन्थ्यो । प्रचन्ड र माधव पक्षले उठाएको यो कुरा पाटी एकता विरोधि थिएन । कर्णालीको विवाद पर्सा काण्ड हुदै प्रदेश १ मा भर्चुअल बैठक लाजिमपाटमा ओली पक्षको भेला बालुवाटारको निरन्तर वैठकले गुटको सेवा नहुने सचिवालयका बहुमत सदस्यहरुले बैठक राखेर पाटी भित्रका आन्तरिक खिचतानी हटाउदै पाटी र सरकारलाई जनताको पक्षका काम गर्ने बाटो खुलाउन सुझाब दिदाँ गुटको हित हुने यस्तो पनि हुन्छ र प्रधानमन्त्री ज्यु ?पाटीको अध्यक्ष सबैको अध्याक्ष हो प्रधानमन्त्री राष्ट्रको हो गुटको होइन । तर तपाइले मन्त्री पदमा लोभ देखाउने काम गर्न नसकेपनि तपाइले गरेका एकलौटी निणर्यलाई साथ दिने रामबाबु थापा लेखराज भट्ट जस्ता विवादित चरित्रहरुलाई त बचाउनु भयो भयो मणी थापा टोपबहादुर रायमाझि प्रभु साह सम्मलाई पनि खेलाउनु भएको छ त ?हरिबोल गजुरेल जर्नाधन शर्मा देवेन्द्र पौडेल पनि अहिलेको विवाद समाधानको निमीतm दौडधुप गरीरहेका छन् उनीहरुलाई तपाईले रिस गरेका कार्यकारी अध्यक्षको ग्रुप बाट आफ्नै टिममा सामेल कहिले गराउनु हुन्छ । किनकी गुटबन्दी त तपाई बाट पनि भएका छन् ।


सम्बन्धित समाचार