Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवा खालमा प्रहरीको धावा

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित चन्द्रागिरी कटेजमा तास र कौडा खेलिरहेको अवस्थामा बलम्बु बस्ने गुल्मी चारपाला गाउँपालिका-६ घर भएका ४३ वर्षीय मुकेश थापा समेत ८ जनालाई १ बुक तास, १६ वटा कौडा र नगद २ लाख २० हजार ६ सय ५ रुपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
बारा, कलैया उपमहानगरपालिका-२ अव्धापुरस्थित बाँसघारीमा जुवातास खेलिरहेका कलैया उपमहानगरपालिका-३ बस्ने ४३ वर्षीय महेश प्रसाद गुप्तालाई नगद ५ लाख ४८ हजार २ सय ५० रुपैयाँ, ३ बुक तास तथा ना.४३ प ८११, ना।६५ प ८८५७ र बा। ४९ प ७०४७ नम्बरका ३ वटा मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ । गुप्तासँगै जुवातास खेलिरहेका अन्य ३ जना प्रहरीलाई देख्नासाथ फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार