Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवा खालमा सात जना समातिए

बर्दिया । बासगढी नगरपालिका-५ स्थित अतिथि होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद ५ लाख ६० हजार ९० रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बासगढी नगरपालिका-५ बस्ने ५७ वर्षीय सुरेश रेग्मी, ५५ वर्षीय सोधे बिष्ट, ४८ वर्षीय नर बहादुर वली, बढैयाताल गाउँपालिका-७ बस्ने ५१ वर्षीय श्रीकृष्ण गिरी, बाँके कोहलपुर नगरपालिका-१० घर भएका ३८ वर्षीय पुरन गिरी, कोहलपुर नगरपालिका-५ बस्ने ४० वर्षीय श्याम कुँवर र कोहलपुर नगरपालिका-११ बस्ने २८ वर्षीय शिसिर गिरी रहेका छन् । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार