Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर रहने

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ ।
एनबीए कार्यसमितिको आज बसेको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
हाल बैंक बैंकहरुमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ र बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम छ ।
एनबीएको आजको निर्णय अनुसार अब जेठ महिनामा पनि मुद्दति निक्षेप र बचतको ब्याजदर बैशाख महिना कायम रहने भएको हो ।
यसअघि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशसम्म पुर्‍याएका थिए भने को गत माघमा घटाएर ११ प्रतिशतमा झारेकोमा वैशाखदेखि ९.९९ प्रतिशतमा झारेका छन् ।