Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेठ १४ गते रातिको सिसिटिभी फुटेज डिलिट भयो : अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सिसिटिभी फुटेज मेटिएको जनाएको छ। सूचनाको हक प्रयोग गर्दै सूचना माग गरेका उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेललाई पत्र पठाएर मन्त्रालयले त्यस दिनको सिसिटिभी फुटेज मेटिएको जनाएको हो। ‘बढीमा १३ दिनसम्मको सिसिटिभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिँदै जाने भएकाले बजेट घोषणाको अघिल्लो दिन अर्थात जेठ १४ गते रातिको फुटेज मेटिएको’ मन्त्रालयले जनाएको छ। पौडेलले गएको वर्ष बजेट बनाउँदाको समय २०७८ भदौ १४ गते राति ११ देखि २५ गते बिहान ६ बजेसम्मको र यो वर्ष जेठ १४ गते बेलुका ६ देखि १५ गते बिहान ६ बजेसम्मको सिसिटिभी फुटेज माग गर्दै असार १४ गते निवेदन दिएका थिए। अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति बोलाएर करको दर परिवर्तन गर्न लगाएको आरोप लागेको छ।
अर्थमन्त्री शर्मा असम्बन्धित व्यक्तिलाई करको दर निर्धारणमा स्थान दिएको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा विरोध गरिरहेको छ। अनधिकृत व्यक्तिलाई राखेर करको दर हेरफेर गर्न लगाइएको भन्दै एमालेले शर्माको राजीनामा वा छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरिरहेको छ।