Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–९ का २० वर्षीय आकाशकुमार खत्वे रहेका छन्। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
खत्वेलाई जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो। सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा एक वर्ष आठ महिना कैद बसेका थिए।
तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए।
प्रहरीका अनुसार उनले अब ११ वर्ष तीन महिना कैद र पाँच लाख रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ।
अस्थायी प्रहरी पोस्ट साम्बालाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर सुनसरीमा बुझाएको प्रहरीले जनाएको छ।
२०८३ कार्तिक २४
ताजा नेपाल
२०८३ कार्तिक २४
ताजा नेपाल
२०८३ कार्तिक २४
ताजा नेपाल