Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोक्करको भूमिकामा प्रधानमन्त्री प्रचण्ड

  • अर्जुन ज्ञवाली

सिद्धान्तहिन राजनीति
राष्ट्र बचाउने सन्दर्भमा राजा महेन्द्रलाई काँग्रेसका तत्कालिन वरिष्ठ नेता सुर्यप्रसाद उपाध्यायले सहयोग गरे तर राजाले दिएको प्रधानमन्त्री खाएनन् । नेकपाका तत्कालिन महासचिव डा.केशरजंग रायमाझीले तत्कालीन चिनियाँ राष्ट्रपति माओ र तत्कालीन शोभियतसंघका राष्ट्रपति ख्रुश्चेबको सल्लाहमा राजालाई सहयोग गरे तर राजाको शासनको प्रधानमन्त्री खाएनन् । सुर्यप्रसाद नेहरूका साथी थिए तर उनले राष्ट्रविरुद्ध त्यो सम्बन्धको कहिलै दुरुपयोग गरेनन् । जबकि बिपि कोइराला इन्दिरा गान्धीसँग हिंसात्मक सङ्घर्सका लागि हतियार माग्न गए । पछि सिआइए र इन्टरनेशनल सोसलिष्टको इशारामा बिपिको भुमिका देखिएपछि उनले लात हानेपछि नेपाल फर्किएर राजा र मेरो घाँटी जोडिएकोछ भने । यहाँ रायमाझी र सुर्यप्रसाद राजावादी भए तर सिआइएको अनुचर भएको हुनाले रेबिज लागेका पत्रकार बुद्धिजीवीहरू महान बिपि भन्दैछन् । बैचारिक नेतृत्वले सत्ताको लागि बिचार परित्याग गर्दैन र कुनै शक्ति केन्द्रको एसम्यान पनि हुँदैन । दरबार हत्याकाण्डपछि भारतले प्रस्ताव गरेको राष्ट्रपति डा केशरजंग रायमाझीले अश्विकार गरे । त्यतिबेला उनी राजा घोषणा गर्ने राजपरिषद् स्थायी समितिका सभापति थिए । उनले राष्ट्रपति अस्वीकार गरेपछि राजपरिषद्मा भोटिङ भयो । त्यसपछि ८० मत रायमाझीसहित ज्ञानेन्द्रलाई राजा बनाउने पक्षमा र २० जना विपक्षमा भएकाले बहुमतको निर्णयमा ज्ञानेन्द्रलाई राजा बनाउने निर्णय गरियो । राजा ज्ञानेन्द्रले गरेको प्रधानमन्त्रीको प्रस्ताव पनि डा.रायमाझीले अश्विकार गरे तथापि राष्ट्र बचाउने कुरामा सहयोग गरे । तर पञ्चायतका जिउँदा राजनीतिक लाशहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कमल थापाहरू राजाको समयमा राजावादी बनेर खाए । २०४६ शालपछि उदारवादी बनेर खाए । राजा ज्ञानेन्द्रको शासनकालमा पालै पालो थापा र चन्द प्रधानमन्त्री बने भने अरु मन्त्री बने । कहिले काँग्रेसले सुर्यबहादुर थापा बोके कहिले एमालेले लोकेन्द्रबहादुर चन्द । गणतन्त्र आएपछि कमल थापा कहिले काँग्रेसको सहयोगमा त कहिले एमाले बनेर चुनाव लडे । अहिले राजेन्द्र लिङदेनको आवरणमा हिन्दू राजा र धर्मको नाममा भोट बटुलेर सत्ताको चास्निमा क्रिप्टो हिन्दू राजनीति गर्दैछन । पञ्चहरूमा अलिकति बैचारिक राजनीति राजेश्वर देबकोटामा थियो । उनी दरबारका यसम्यान थिएनन् । यसकारण उनी स्वयं मण्डलेहरूको शिकार भए । राष्ट्रको प्रश्नमा सताबाहिर बसेर पनि बिचारका आधारमा समर्थन र सहयोग गर्न सकिन्छ । तर राजेश्वर देबकोटाबाहेक भ्याटिकनको गाईको रगतको कलो खाएका पञ्च र मण्डलेहरू लाजै नमानी अगाडि इसाई पास्टर राखेर क्रिप्टो हिन्दू आवरणमा भ्रस्टाचार गरेर खानु आमाको रगत खानु हो भन्ने नारा दिँदै भ्याटिकनको गाईको रगत खाइरहेका छन् । वैदिक सनातनी हिन्दू बौद्धहरूलाइ समाप्त पार्न एम्बुस थापिरहेका छन् । एकथरी आरएसएस र ज्ञानेन्द्रलाइ घेरा हालेर बसेका उनका अनुचरहरू बचेखुचेका बैचारिक देशभक्तहरूको हत्या गर्न विभिन्न नाममा एम्बुस पार्न सकिन्छ कि भनेर रेबिज लागेका आवाराहरू सडकमा छोडिरहेका छन् । नेपालमा बैचारिक राजतन्त्रवादी २ जना मात्र हुन्, काँग्रेस सस्थापक नेता कृष्णप्रसाद भट्टराई र डा. केशरजंग रायमाझी । किनभने गणतन्त्र घोषणापछि राष्ट्रपतिको निमन्त्रणा अश्विकार गरेर राष्ट्रपति भवन टेक्न नैतिकताले नदिने भन्दै दुबै नेता अनुपस्थित रहेर देहावसान भए । यसकारण स्वयं पूर्व राजा ज्ञानेन्द्र पनि भट्टराई र रायमाझी जत्तिको बैचारिक राजावादी होइनन् किनकि उनी राष्ट्रपति बिधा भण्डारीको छोरीको बिवाहमा राष्ट्रपति निवासमा उपस्थित भएका छन् । अझै पनि कुख्यात मण्डलेहरूले हिन्दू बौद्ध सनातनिलाई भ्याटिकनको गाईको रगतको एम्बुस पार्न प्रयत्नरत छन् । राजेश्वर देवकोटाबाहेक राष्ट्रघाती महाकाली सन्धिदेखि आजसम्म राष्ट्रघात गर्न कुनै कसर बाँकी नराखेका यी कुख्यात मण्डलेहरूले राष्ट्रवाद जस्तो पवित्र शब्दनै बदनाम गराएका छन् । यी मण्डलेहरूलाइ बोकेर बैतर्णी तर्न हिँडेका सुर्यबहादुर पुत्र काँग्रेसका नेता शुनिला थापा र एमालेहरू बायाँ तर्फ युनिफिकेशन चर्चका एकनाथ ढ्काललाई राखेर लोकतान्त्रिक बनेर बैतर्णी तर्न हिँडिरहेका छन् ।

भूराजनीतिक टकराव
नेपाली राजनीतिक मैदानमा भूराजनीतिक टकराव अत्यन्त पेचिलो हुँदैगइरहेको छ । पश्चिमाहरू हरेक मोर्चामा प्रभावशाली रहेका छन् । कहिले इन्डो÷पश्चिमामोर्चा अग्रभागमा देखिन्छ भने कहिले चिनी÷पश्चिमा मोर्चा फरक यतिमात्र हो । जबसम्म नेपाल मामिलामा चीन र भारत एक ठाउँमा आउँदैनन् । यो प्रक्रिया निरन्तर रहिरहन्छ । अहिले चलिरहेको भूराजनीति पनि यही गोल चक्करमा घुमिरहेको छ । अमेरिकी र युरोपेली कित्तामा बसेर नक्कली राष्ट्रवादको खेती गरिरहेका राप्रपा होस् या कथित राजावादी लगायत सेनाका अनुचरहरू पश्चिमा कितामा बसेर भ्रमको खेती गर्न चाहान्छन् । यो सेना भारतको मानार्थ सेना र राष्ट्रसंघको शान्तिसेना मार्फत इन्डो÷पश्चिमासँग बफादार रुपमा जोडिएकोछ । दरबार हत्याकाण्ड र गणतन्त्र घोषणा त्यसैका परिणाम हुन् । नक्कली राष्ट्रवादको आवरणमा क्रियाशिल गिरोहहरू यो विषय उठान गर्न चाहँदैनन् किनकि उनीहरूको नसो राजा बिरेन्द्रको वंशबिनास गरेको सैन्य हेडक्वाटरसँग जोडिएको छ । अहिले भारत र चिन मिलेर ताइवान, तिब्बत र सिक्किम खाए भन्नेहरू नेपालमा पश्चिमा अमेरिकी किताका नक्कली राष्ट्रवादको मुकुण्डो लगाएका अनुचरहरू हुन् । तिब्बत चिनकै अभिन्न अंग हो । इतिहासको हेक्का रहोस् नायब बहादुर शाहको समयमा नेपाल तिब्बत मामिलामा चिनियाँ सेनासँग युद्ध गरेको थियो । इतिहासको यो तथ्यले पनि पुष्टि गर्दछ तिब्बत एतिहासिककाल देखिनै चीन अधिनस्थ थियो । ताइवान चिनकै अभिन्न अंग हो जसरी टिष्टा काँगडा नेपालको अभिन्न अंग हो । फरक केहो भने माओले क्रान्ति गर्दा च्याङकाइशेक भागेर ताइवान गए र उक्त टापुमा शासन चलाए । हङकङ र मकाउ चिनले फिर्ता लिइसक्यो, ताइवान एकीकरण प्रक्रियामा छ । नेपाल सन्दर्भमा किर्ते सुगौली सन्धिमार्फत् हाम्रो भुमी हडपेको बेलायत भारत छोडेर गैसक्यो । जानेबेलामा उक्त भुमि नेपाललाई फिर्ता दिन खोज्दा राणाहरूको बेइमानीका कारण पाउन सकिएन । फरक यतिमात्र हो । लिच्छविकालमा नेपालको ७०% ब्यापार भोटसँग थियो । बिआरआइ कार्यान्वयन हुँदा हामी लिच्छविकालको अवस्थामा पुग्न सक्छौं जसबाट भारत बेष्टित एकाधिकार पुँजिवादको अन्त्य हुन् जान्छ । हिजो राजाको समयमा चिन र रुसले नेपाललाई आत्मनिर्भर बनाउन स्थापित नाफामा चलेका ४५० मझौला उधोग र ३७ ठूला उधोगहरू २०४८ सालपछि भारतियहरूलाई कौडिको भाउमा बिक्रि गरेर नेपाली युवालाई खाडी पठाउने अपराधीहरू र तिनका छद्वमभेसी मतियारहरू अहिले लाजै नमानी बिआरआइ विरुद्ध चिनियाँ ऋणको जालो भनेर प्रपोगण्डा गर्दैछन् । उद्यमी प्रेम आचार्यलाई आत्मदाहा गराउने अवस्थामा पु¥याउने यिनै अपराधीहरू हुन् । यसप्रकारका अमेरिकी राष्ट्रवादीहरूदेखि साबधान !

जोक्करको भूमिकामा प्रचण्ड
शस्त्र प्रहरीका आइजिपी कृष्णमोहन श्रेष्ठको हत्या योजनाबद्द रुपमा माओवादी आवरणमा राजा बिरेन्द्रको हत्यागर्ने सैन्य केन्द्रबाट गरिएको थियो । माओवादी आवरणमा सिआइएको योजना कथित नेपाली÷अमेरिकी सेनाको संख्या २ लाख ५० हजार पु¥याउने थियो । ४८ हजारको सेनालाई माओवादी हिंसाको बहानामा ९२ हजार ७ शय ५२ बनाइयो । जब शसस्त्र प्रहरीबल गठन भयो सेनाको संख्या बढाउने प्रक्रिया रोकियो । शसस्त्र प्रहरीबलको गठन सेनालाई चित बुझेको थिएन । जब शसस्त्र प्रहरी बल बन्यो माओवादी सबै ठाउँमा पराजित भयो । तत्पश्चात सेनाको संख्या वृद्धि गर्ने निरन्तरता शसस्त्र प्रहरीबलको गठनले रोकिएपछि माओवादीको दोश्रो सम्मेलनबाट अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधानसभाको नारा र एजेन्डा अगाडि ल्यायो । यसबाट के स्पष्ट हुन्छ भने पश्चिमा मिसन अनुसार माओवादी हिंसाको नसो सेना भित्रको राणाकेन्द्रसँग जोडिएको थियो । राजा बिरेन्द्रको हत्याकाण्डको समयका प्रधानसेनापती प्रज्ज्वल शमसेर जबरा र माओवादीको सम्बन्ध थियो भन्ने कुरा सैनिक जनरल चिनियाँबहादुर बस्नेतको शिपाहिको जिन्दगी पुस्तकमा उल्लेख छ । जसको पुष्टि माओवादी हिंसालाई सहयोग गर्ने प्रज्ज्वलनिकट सैनिक जनरल कुमार फुदुङलाई माओवादीले सभासद बनाएर आफै प्रमाणित भयो । वास्तविक कम्युनिष्टलाई युद्धमा मराइयो भने जो जो देशीविदेशी सेना प्रहरीको गुप्तचर ‘रअ’सँग आबद्ध थिए तिनै अपराधीहरू अहिले सतामा र पार्टीको आवरणमा क्रियाशिल छन् । माओवादी व्यानरका प्राध्यापक पत्रकार र बुद्धिजीवी भनिनेहरू पनि सेनाभित्रको राणा केन्द्रका गुप्तचरहरू हुन् । शसस्त्र प्रहरी प्रमुख कृष्णमोहन श्रेष्ठको हत्या मदन भण्डारी र राजा बिरेन्द्रको हत्यालाई एउटै पृष्ठभुमिबाट हेर्नुपर्दछ । पुष्पकमल दाहालत नाटकको एउटा क्रूर अपराधि करार गरिएका जोकर ब्यक्ति हुन् भने माओवादी नाममा जोडिएका सबै पात्रहरू मतियार मात्र हुन् । अहिले पनि प्रधानमन्त्री छबिलाल दाहाल नाटककै अपराधी भुमिकामा छन् । जुन कुरा कृष्णमोहन श्रेष्ठको सालिकमा गएर सलामी दिँदै जोक्करको भुमिका देखाउन बाध्य भए ।

पत्रकारहरू पनि अपराधी
प्रेम आचार्यले आत्मदाह गरे । हेमबिक्रम सिलवालले बीस पिए । घटना फरक जस्तै देखिए पनि सिकार गर्ने अपराधीहरू एकै प्रकारका छन् । उनीहरूले आत्मदाह पूर्व अभिव्यक्ति दिएकोले थाहा भयो । यस्तो अवस्था धेरैको छ । यहाँ सेना, प्रहरी, निजामती कर्मचारी, अपराधी, पत्रकार, बुद्धिजीवी, कथित अधिकारवादीहरूको सञ्जाल छ । केही बर्ष पूर्व एकजना कलाकारको नांगो फोटो प्रकाशित गरेर आत्महत्या गर्न बाध्य बनाउने अपराधी र तिनका अनुचरहरू यहाँ आदर्शको भजन गाउँछन् । अदालत न्यायाधीश र वकिलहरू कालो कोटमा अपराध गरिरहेका छन् । कयौंलाई आत्मदाह गराउने अवस्थामा पु¥याएका छन् । राजा बिरेन्द्रको सैनिक घेराउमा सेनाले हत्या ग¥यो । सुशील कोइरालालाई कोइराला निवासमै सिध्याइयो । मदन भण्डारीलाई खोलामा फाल्न प्रयोग भएका अमर लामाले पोल खोलिदेला भनेर हत्या गरे । माओवाद नामका अपराधीहरूले गाउँ गाउँका घरेलु उधोग गर्नेहरूलाई चन्दा आतङ्क मचाएर बिस्थापित गराए । प्रचण्ड–बाबुराम जस्ता अपराधी जोकर र तिनका मतियार आवाराहरू यहाँ मौलाइरहेका छन् । तिनीहरूलाई लोकतन्त्रको जामा पहिराइदिन अपराधी पत्रकार र वेश्या बुद्धिजीवीहरू क्रियाशिल छन । ०४८ पछि देशका ३७ ठूला उधोग र ४७५ मझौला उधोग समाप्त पारेर युवालाई खाडी पठाउने काँग्रेस नामक अपराधी हुन् या एनजीओमा छोराछोरी लगाएर बैधानिक अपराध गरेका एमाले र अपराधी माओवादीहरूले ल्याएको परिणाम हो प्रेम आचार्यहरूको आत्मदाह ।

कृप्टो (इसाई) र कम्युनिस्ट बीचको समानता
भगवान् शिव अवतार शङ्कराचार्यले अवतरण गरेको ठाउँ भारतको केरलाहो भने शिव अवतार गुरु गोरखनाथले पछिल्लो अवतरण गरेको ठाउँ नेपालको गोर्खा हो । भारतमा आततायी इसाई मिशनरिले कम्युनिष्ट आवरणमा केरलामा केन्द्र बनाए भने नेपालमा नेपाल एकीकरणको केन्द्र गोर्खामा केन्द्र बनाए । अहिले भारतको पश्चिम बङगालबाट लखेटिएको कम्युनिस्ट पार्टी माक्र्सवादीले त्यही केरलाबाट लोकसभामा १ सिट जितेर प्रतिनिधित्व गरेको छ । नेपालमा गोरखाबाट जितेर छबिलाल दाहाल माओवादी प्रधानमन्त्री बनेका छन् । त्यसो त होलिवाइन र युनिफिकेशन चर्चका नायक एकनाथ ढकाल, एमसीसीका प्रवक्ता स्वर्णिम वाग्ले, नारायण प्रसाद पोख्रेल र मुक्तिनाथ अधिकारी जस्ता हिन्दू धर्म गुरु मार्ने बाबुराम भट्टराई, इसाई मिशनका लागि अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्ट्नबाट पुरस्कृत रामशरण नेपालि, पछिल्लो चरणमा जातीय साम्प्रदायिक हिंसा मच्चाउन क्रियाशिल मित्र परियार बेलायत गएर एमआइ ६ को प्रशिक्षण लिएर बेलायतको द सन को मोडेलमा नेपालमा साम्प्रदायिक बिचार फैलाउन स्थापना गरिएको नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा गोर्खाकै हुन् । नेकपाका ऋषि कटेल, माओवादीका नारायण काजी श्रेष्ठ, हिसिला यमीलाई पनि गोर्खाकै भन्नुपर्छ । शङ्कराचार्यले अवतरण गरेको केरलाबाट हिन्दू धर्म विरुद्ध घृणा फैलाउने कार्य भारतमा गराइए जस्तै गुरु गोरखनाथले अवतरण गरेको गोर्खाबाट नेपाल एकीकरण र हिन्दू बौद्ध विरुद्ध घृणा फैलाउने कार्य भैरहेकोछ । केरलामा इसाईहरू जसरी कम्युनिस्ट आवरणमा क्रियाशिल छन् गोर्खामा माओवादी आवरणमा छन । संयोग या योजनाबद्ध जे भए पनि भारतको केरला र नेपालको गोर्खाबीच क्रिप्टो कम्युनिष्ट मिशनबीच समानता देखिन्छ । केरलाको कुनै मानिस भेटियो भने भारतमा कुन ख्रिस्टान मिसनको क्रिप्टो आयो भन्दछन् । नेपालमा पहिला गोर्खाली आउँदा वीर आयो भन्ने गरिन्थ्यो अहिले कुन जासुस विधर्मी क्रिप्टो आयो भन्ने अवस्था छ । यसैले होला हाम्रा पू्र्खाहरूले कुलको मान इज्जत नराख्नेलाई कुलङ्घार भन्ने गर्दथे । भारतको केरला र नेपालको गोर्खामा अहिले कुलङघारहरूको बाहुल्य हुन गएको छ । नेपालको २०५८ जेष्ठ १९को दरबार हत्याकाण्ड हुँदा केरलाकै इसाइ पिके हर्मिज थाराकन काठमाडौमा रअको प्रमुख थिए भने उनी पछि रअको प्रमुख बने । यिनै हर्मिज थाराकनका कर्मचारी बाबुराम भट्टराई गोर्खाकै हुन् । पिके हर्मिज थाराकन पनि नेपाल बिरोधि हिन्दू बौद्ध बिरोधि थिए भने बाबुराम भट्टराई पनि हिन्दू बौद्ध बिरोधि । भारतमा यसको नेतृत्व सिताराम यचुरिले गरिरहेका छन् भने नेपालमा प्रचण्ड–बाबुराम, एकनाथ ढकाल एमालेले । सबैलाई चेतना भया ।