Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जो संसदमा जनताका कुरा उठाउँछन्

सरकार छ त्यसको काम दैनिक प्रशासन चलाउने मात्र हो कि मुलुकको समग्रतामा ध्यान दिने हो ? यहाँ विपक्षी पनि छ । त्यसले हुकुमी शासन रुचाउछ । त्यहाँ केपी ओली नामका विद्धान गाली पूराण पण्डीत अध्यक्ष छन् । जनताका समस्या संसदमा मुखारित गर्ने काम एमालेका रघुजी पन्थ, केशव बतौला, काँग्रेसका रामहरी खतिवडा गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, राप्रपाका ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देल, मसालका चित्रवहादुर केसी, नेपकिपाका प्रेम सुवाल, रास्वपाकी डा. तोषिमा कार्की, स्वतन्त्र सांसद डा. अमरेश सिंहले जनताका कुरा उठाएका छन् ।
सरकारले नयाँ योजना ल्याएर तामझाम गर्न पर्दैन । भएको बजेट परिचालन गरेर रोकिएका कामको थालनी गर्ने, महंगी नियन्त्रण गरी कालो बजार रोक्ने, मिटर व्याजी शोषण, साहुकरको शोषण, कपाली तमसुकको ठगीमाथि प्रहार गरे पुग्छ । स्थानीय प्रशासन प्रहरीले चासो दिएको खण्डमा जिल्लाले समाधान गर्ने त्यस्ता समस्या केन्द्रमा आउँदैनन । तर अहिले सरकारलाई साथ दिने भन्दा विच्क्याएर फाईदा लिने तमासा चर्काईएको छ । राजनीति दूगन्र्ध छ । काँग्रेस माआवादी एकिकृत समाजवादी लोसपा एउटै मोर्चामा छ । सत्ताका लागि एमालेको गठवन्धन छाडेर काँग्रेस माआवादीसँग जाडिएको जसपा पनि स्वार्थ मै केन्द्रीत छ । विपक्षी दलको काम भनेको राजनीति भड्काउने र सरकारलाई काम गर्न नदिने छ । ४१ महिनासम्म नेकपाको राज चल्यो । त्यसले मिटर व्याज, साहुकर, हरूवा चरुवाको समस्यामा ध्यान दिन उचित ठानेन । किनकी एमालेले सार्वजनिक जमीन कव्जा गरेकाहरूलाई पार्टीको भगिनी संगठन बनाएर फाईदा उठाइरहेको छ । एमाले हरेक संगठनमा शिक्षक, मजदूर, कर्मचारी पत्रकार सुकुम्वासी, महिला कुनै न कुनै डोनर भित्र्याएर कार्यकर्तालाई आर्थिक रूपमा पनि सम्पन्न गराउने गरेको छ । त्यो उसको सफलता हो । ओली दरवार त्यसैका नमूना हुन सक्छन् । वर्गियता त्यागेर डलरमा लागेपछिका कम्युनिष्टहरू कस्ता हुन्छन् ? त्यो कुरा वितेको १६ वर्ष साक्षी छ । नेत्रविक्रम चन्दको क्रान्तिकारीता भित्र एनसेलसँग पैसा खादै टेलिफोन टावरमा आगजनी गर्ने वम पड्काउने धन्दा चर्को भएकै हो । मोहन वैद्य कहाँ पुगे ? डा. बाबुरामले कम्युनिष्ट मान्दीन भन्दै गठन गरेको नयाँ शक्तिको उदघाटन प्रचारको खर्चको आयश्रोत त्यहाँ जोडिएका पात्र र बाबुराम त्याग्दै पूरानै घर फर्केका पात्रहरूको दैनिकीले सर्वहारा वर्गको वकालत गर्न अब सुहाउँदैन । विचार मिल्नेसँग एकता हुनै पर्छ ।
सडकमा सदनमा सरकारमा कम्युनिष्ट छन् । तर सरकारको नायक काँग्रेस र दक्षिणपन्थी मधेसवादी बनाइदै छ । यो जस्तो लज्जा अरु के हुन्छ ? केपी ओलीको इगोले कम्युनिष्ट बदनाम भए । ४१ महिनासम्म कम्युनिष्टको आचरण थामसेर्कू, यति होल्डिङस, सेकुरिटी प्रेस, वाइडवढी, वतास, हुकाम, ओम्नीकै सेवक बन्न एमालेलाई लाज नलागेकै हो । राष्ट्रपतिले दिने पदक विभूषणमा देखाईएको रमिताको पनि संसदले स्वामित्व ग्रहण गर्ने हो भनेको जोगिन्छ ? कुन कम्युनिष्ट के हो ? सबै देखिएकै छ ।
अहिले प्रचण्डलाई घेरावन्दीमा पारेर स्वार्थको खोजी गर्न को कति सफल छन् त्यो सबैले देखेका छन् । अर्कोको विरोध गर्न जति सजिलो छ त्यो सजिलो आफै हर्ताकर्ता बन्दाको ऐन हेर्दा देखिन्छ । कम्युनिष्टको नाउमा कलंक वन्न कसलाई रुची छ र ? कामको ढंग नपु¥याउने आँफू केन्द्रीत हैकम चलाउनेलाई समाज प्रतिको दायित्व नहुन सक्छ । एमाले त्यसबाट भाग्न कतै पनि सक्दैन । नेतृत्व खराव छ । कार्यकर्तामा इमान छ । त्यो इमानले धानेको हो एमालेको प्रतिष्ठा ? केपी ओली अध्यक्ष भएपछि कमिशन र दलालका दिन आए पार्टी गुटवन्दीकै कारण नेकपाबाट चार टुक्रामा पार्टी विभाजीत भएको छ । ओलीको पौरख त्यही हो । जसले नेकपाको स्पष्ट बहुमतलाई बचाउन सकेनन् । तर पनि कुरा उनकै चर्का छन् ।


सम्बन्धित समाचार