Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । ठग्न त ज्ञानेन्द्र शाहीको हाम्रो नेपाल र हामी नेपाली नामक संस्थाको आडमा जनता ठग्ने धन्दा २०७२÷०७३ वाट शुरु भएको रहस्य यो वेला खुलेको छ । जुनवेला राजनीति ओझेलमा परेको माओवादीको अस्थायी शिविरको भ्रष्टाचार वारे मच्चि मच्चि चर्को रुपले राप्रपाका नेता उठाउदैछन् । दिल विकास राजभण्डारीलाई वाग्मति प्रदेशको समानुपतिक सांसद वनाउने आश दिएर ३४ लाख हजम गर्ने ज्ञानेन्द्र शाही मन्त्री पदका लागि ५ करोड लिने राजेन्द्र लिङदेलको चरित्र पनि धवल शम्सेरहरुले उदांगो पारेकै हुन् । शाहीले पशुपति सप्लार्यससँग ९ लाखको खाद्यान्न लगे पैसा तिरेका छैनन् । तर पनि लुटाहाहरु मच्चेकै छन् । विक्रम पाण्डे ठेकेदारको रुपमा अर्का ठग हुन् । दरवारका टट्टु रविन्द्र मिश्रको राप्रपा प्रवेश र उनको सम्मुनत समाज निमार्णको कल्पना मुलुका लागि जति उत्पात भएपनि राप्रपाको भित्री लुटको पर्दाफाँस भएकै छ । आफै भ्रष्टाचारको चर्को विरोध गर्नेले साधारण जनतासँग ठगेर आफ्नो ऐना नर्हेनु कम लज्जा होइन् । मुलुकको कुनै पनि परिवर्तनकारी आन्दोलनमा साथ नदिएको राप्रपा शाही कालीन धमिराहरुको गुण हो । राप्रपाका नेताले हामी चोखा काँग्रेस र कम्युनिष्ट भ्रष्ट भन्न सक्लान । तर मन्त्री पद पार्टीका ठेकदारलाई वेच्ने तीनैले राज्यका गौरवका आयोजना निर्माणमा गुणस्तर हिन काम गरेर राज्य दोहन गर्न सफल छन् । एमालेको ओली मण्डली र राप्रपा भनेका गणतन्त्र स्थापनाको आन्दोलनको उपलव्धीको रक्षा गर्दैन् । केपीकै एमालेले काखी च्यापेर कैयौ ठाउमा राप्रपाका उम्मेदवारसँग पैसा खाएर पार्टीका उम्मेदवार हराएर राप्रपा जिताएको हो । गणतान्त्रिक सरकारमा कम्युनिष्टको चरित्र वर्गिय धरातल विर्सेर सामन्तवादी शैलीमा चलेका ओली यो मुलुकको नामूद भ्रष्टाचारी र विस्वासघाती नेता हुन् ।
यीनै राप्रपालाई च्यापेर संघियता र गणतन्त्र मास्न राजेन्द्र लिङदेल रविन्द्र मिश्र ज्ञानेन्द्र शाहीजस्ता लाई उचालेर केपी ओलीको टीममा रमाउनेहरुको जात्रा राप्रपाले देखाईरहेको छ । ओली फरमानले भएको ओम्नी, वतास, हुकाम, थामसेर्कू, नेपाल ट्रष्टको जमीन, वाइडवडी भुत्तानी, टी स्टेटको जमीन फुकुवाको काण्ड समेत एक दर्जनभन्दा वढी भ्रष्टाचार काण्डका माला केपी कालको विकास हो । राप्रपा त्यही एमालेको केपी कम्पनीको दाश हो । त्यसले ज्ञानेन्द्र शाहीहरु आफै ठग्छन र भ्रष्टाचारको विरोध गरि टोपल्छन् । संसदमा ज्ञानेन्द्रको डुक्राइ त्यसकै एक अंश हो ।
पार्टी नेतृत्वमै भएर जनता ठग्नेहरु राप्रपाका नेतृत्वमा जति पनि छन् । राजाको नाममा ठग्ने कमल थापा राजनीतिमा गुमनाम वन्दैछन् । ठगी प्रकरणमै ज्ञानेन्द्र शाहीको सचिवालय सदस्य शोभा गुरुङलाई सिआइविले पक्रियो । राजनीति दवावमा गुरुङले पैसा खुवाएर छुटेको दावी गुरुङवाट ठगिएकाहरु वताउछन् । गुरुङवाट ठगिएका विद्या खड्काले पटक पटक गरी रु २० लाख लिएर खातामा पैसा नभएका ५ वटा चेक शोभाले आफूलाई भिडाएको वताएकी छन् । विद्यासँग जुली पून ३ लाख ५० हजार, जयन्तीसँग ६ लाख ३० हजार तीनै गुरुङले ठगेकी हुन् । जो ज्ञानेन्द्र शाहीको हाम्रो नेपाल हामी नेपाली अभियानको सम्पर्क कार्यालयको सचिव थिइन । ज्ञानेन्द्रले फूर्ति अव नलाए हुन्छ ।
उनीहरुले वताए अनुसार ठगिएका महिलाहरुलाई वरिष्ठ वकिल प्रहरी र अदालतका न्यायाधिसहरु आफ्नो पक्षमा भएको धम्की शोभाले दिन्थीन् । तिमीहरुको चौकी गएपनि केही हुन्न प्रहरीमा हाम्रै छन भन्न सक्ने शोभालाई यो ठगी काण्डवाट कारवाही नगरी प्रहरीले कति पैसा खाएर छोडयो शंका छ । आँफूहरु अभियानमै हिडेको दावी गर्ने विद्या खड्का र जुली पून शोभासँगको विस्वासमा फसेको वताउदै प्रेसमा आएका हुन् ।
भ्रष्टाचार गर्नु आमाको रगत खानु वरावर भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेल अव ज्ञानेन्द्र शाही यो ठगी प्रकरणका वारेमा कसरी प्रस्तुत हुन्छन ? जनताले सोध्न थालेका छन् । माओवादीले १० वर्ष जनयुद्ध गरेर ल्याई दिएको गणतन्त्रमा राजाको स्पेश खोज्दै राप्रपाले अहिले जसरी गणतन्त्रको उपयोग गर्दैछ त्यस्तो छुट ३० वर्षे पंचायतका राजावाट राजनीतिक दलहरुलाई दिएको थिएन् ।
पंचायतका पिलर सूर्यवहादुर थापा छैनन् । लोकेन्द्रवहादुर चन्द राजनीति ओझेलमा छन । वहुदलीय कालमा पशुपति शम्सेर जवरा डा. प्रकाश चन्द्र लोहनी कमल थापा वेला वखत राप्रपाको नेतृत्वमा पुगेका पात्र हुन् । तीनका अगाडि महा ठग ज्ञानेन्द्र शाहीलाई जुम्लावासीले सांसद वनाउदा ठग्नकै लागि हो भन्ने कि नभन्ने । आँफू प्रमुख आयुक्त हुँदा प्रचण्डलाई फसाउन सकिन्छ की भनेर सवै फाईल पढेका लोकमानसिंह कार्की शाहीकालका अजिंगर भएर पनि प्रमाण नहुदा प्रचण्डलाई छुन नसकेको वताउछन् । राप्रपाले आफ्ना अपराधी केन्दीय नेता र सांसदलाई ठगीवाट वचाउन नियोजीत रुपमा माओवादीको विरोध गरेको हो । एमालेको डनगिरीमा भएका १२ थरी लुटको विरुद्ध राप्रपा मौन रहनु पनि अर्को सहस्य वन्दैछ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल