Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर ज्ञानेन्द्र शाहीले देश ठूलो कि जीबी राई भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । जीबी राईलाई जतिसक्दो चाँडो पक्राउ गर्न उनले गृहमन्त्रीलाई आग्रह गरे ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले गिरीबन्धु टी–इस्टेटको फाइल कहिले खोल्ने भन्दै गृहमन्त्री लामिछानेलाई अर्को प्रश्न गरे । उनले मेलम्ची वाइडबडी,फोरजीलगायत ठूला अनियमितताको फाइल कहिले खोल्ने भन्दै थप प्रश्न गरे ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत पुराना दलहरूले देश विकास गर्न नसकेको उनले बताए । पुरानाले सुशासन दिन र काम गर्न नसकेकाले नयाँ दलहरूलाई जनताले जिताएर पठाएको उनको भनाइ थियो ।
उनले भने, नौ मिनेट, चार मिनेट, दुई मिनेट आकाशमा भए पनि, पातालमा भए पनि जीबी राई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । कहिले पक्रिनुहुन्छ गृहमन्त्रीले हामी हेरेर बसेका छौँ ।
उनले गिरीबन्धु टी–इस्टेटबारेको सत्यतथ्य छानबिन गरेर सदनलाई जानकारी गराउन माग गरे । साथै, कतिपटक गृहमन्त्री फेरिँदा निर्मला पन्तको हत्यारा पक्राउ गर्ने भन्दै शाहीले प्रश्न गरे ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एउटा मुख्यमन्त्रीको हैसियतामा भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा गएको कि देशको प्रधानमन्त्रीको हैसियतमा भन्दै प्रश्न गरे ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल