Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । डा. गोविन्द केसीले मेडिकल कलेजहरुमा सबै तहमा अध्ययनरत विद्यार्थीहरुमाथि भइरहेको ज्यादती र ठगी तत्काल बन्द गर्न माग गरेका छन्। साथै उनले तथा नाजायज रुपमा निलम्बन लगायतका कारवाहीमा परेका विद्यार्थीहरुको कारबाही तत्काल फिर्ता गर्न माग गरेका छन्। काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजले हालै रेजिडेन्ट चिकित्सकहरुमाथि गुण्डागर्दीपुर्ण व्यवहार गरेको, अमानवीय रुपमा पाठ्यक्रमबाहिरको काममा विद्यार्थीलाई लगाएको तथा विद्यार्थीलाई निलम्बन समेत गरेको छ। उक्त कलेजका सञ्चालक पहिल्यैदेखि विभिन्न अपराधहरुमा संलग्न भएर बेलाबेला फरार हुने र पक्राउ पर्नेसमेत गरेका छन्। अझै उनको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा टुंगिएको छैन। उनकै अर्को कलेजमा यस अगाडि इन्टर्न चिकित्सकहरुमाथि गुण्डागर्दी भइसकेको छ। उनले शनिबार विज्ञिप्तमार्फत भनेका छन्। साथै उक्त कलेजका प्रिन्सिपल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको पदाधिकारी छँदा ठूलो भ्रष्टाचार काण्डमा छानविनमा परेका तथा जयराम गिरी प्रतिवेदनले उनीलगायतका पदाधिकारीहरुको अनियमितता खुलाइ कारवाहीको सिफारिस गरेको उनले बताएका छन्। चिकित्सक उत्पादन गर्नेजस्तो संवेदनशील काममा यस्ता आपराधिक पृष्ठभुमिका मानिसहरु संलग्न हुनु तर पनि विधिको शासन कायम गर्न भनेर बनेका राज्यका निकायहरु आँखा चिम्लेर बसिरहनु, न्यायालयले छानी छानी राजनीतिक दलका अपराधीहरुलाई दया देखाउनु दुर्भाग्यको कुरा भएको उनको भनाइ छ। साथै हालैको सत्याग्रहमा माग गरेझैं गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान शुरु गर्ने लगायतका मागहरु पूरा गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल