Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झोले कार्यकर्ताका अगाडि ओलीले भने, माधवलाई पार्टीमा ठाउँ छैन

काठमाडौं । अहिले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोहीदेखि रिस छ भने माधव नेपालमाथि नै छ । ओलीको अहंकारले यो सत्ता ढलेको हो भन्ने ओलीलाई लागेको छैन । उनलाई आफूले गरेका अलोकतान्त्रिक कार्यको मूल्यांकन गर्नुभन्दा विपक्षीको खोइरो खन्नमै समय बितेको छ । सत्ता छाड्नु पर्दाको रुवाई ओलीको चर्किदो छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको चर्को आलोचना गरेका छन् । विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढाल्ने माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको उनले बताए । प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले आत्मालोचना र गल्ती स्वीकारेपनि पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरे । अहिलेको यो परिस्थिति निर्माण गर्ने माधव नेपाल भएको भन्दै उनले शीतल निवासमा देउवाको शपथमा सहभागी भएर खुसीयाली मनाएको भन्दै कटाक्ष पनि गरे । यसअघि बालुवाटार छाड्दै गर्दा ओलीको समर्थकहरूको भीड लागेको थियो । मंगलबार नै एमाले नेताहरुले हजारौँ मोटर साइकल र गाडीका साथमा ओलीलाई स्कर्टिङ गरी बालकोट पु¥याउने उद्घोष गरेका थिए, भने नेताहरुको निर्देशन अनुसार सयौँको संख्यामा एमालेका नेता, कार्यकर्ता ओलीलाई स्वागत गर्नका लागि सरकारी निवास बालुवाटारदेखि नीजि निवास बालकोटसम्मै लामबद्ध भएका थिए । युवा तथा विद्यार्थीहरु र पार्टी कार्यकर्ताहरु केपी शर्मा ओलीको नाम अंकित पोष्टर, पार्टीको झण्डा र बाजागाजासहित उपस्थित भएका थिए भने बालुवाटारदेखि बालकोटसम्मै ओलीको अघि र पछि लामबद्ध भएका थिए । बालकोटमा ओलीलाई स्वागत गर्न समर्थक तथा शुभेच्छुक र स्थानीयहरुको घुइँचो लागेको थियो । स्थानीयले उनलाई पुष्प गुच्छा प्रदान गरेका थिए । पत्नी राधिका शाक्यसहित नीजि निवास पुगेका उनको पक्षमा निवासमा पनि चर्को नाराबाजी भएको थियो । ओलीले समर्थक तथा शुभेच्छुकहरुलाई बाल्कोनीबाट अभिवादन गरेका थिए । सरकारको ४३ औँ प्रधानमन्त्रीको रुपमा कुशलतापूर्वक कार्यकाल सफल पारेको भन्दै युवाहरुको तर्फबाट युवा संघका अध्यक्ष किरण पौडेलले अभिनन्दन पनि गरेका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल