Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टर्यो कोइरीको कारबाही

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधिसभाको अर्को अधिवेशनले निर्णय गर्ने भएको छ । कोइरीले आफू अस्वस्थ भन्दै इमेल गरेपछि विदा स्वीकृतिको प्रस्ताव पेश भएको थियो । तर सत्तारुढ सांसदहरुले फरार सांसदलाई विरामी भनेर विदा स्वीकृत गर्न नसक्ने अडान लिए । यही विषयले संसद बैठक रोकेर लामो छलफल भयो । राति १० बजे सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले कोइरीबारे सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने जानकारी गराएका छन् । अरु चार सांसदको विदा स्वीकृत भएको छ ।