Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
टिकट उपलब्ध गराउने जिम्मेवारी पाएको कोरियन एयरको जिएसए युनिभर्सल टुर एण्ड ट्राभलले श्रमिकलाई टिकट उपलब्ध गराउन सकेको छैन
काठमाडौँ — रोजगार अनुमति प्रणाली ईपीएस मा छनोट भएर भिसा लागेका १४ सय श्रमिक टिकट नपाउँदा कोरिया उड्नबाट रोकिएका छन्
टिकट उपलब्ध गराउने जिम्मेवारी पाएको कोरियन एयरको जिएसए युनिभर्सल टुर एण्ड ट्राभलले श्रमिकलाई टिकट उपलब्ध गराउन नसकेको हो । हवाई टिकट उपलब्ध गराउन नसक्दा श्रमिकहरूको हवाई उडान प्रभावित बन्दै आएको छ ।
वैदेशिक रोजगार विभाग, ईपीएस शाखाका प्रवक्ता कमलराज श्रेष्ठले श्रमिक उडाउने जिम्मेवारी पाएको युनिभर्सल टुर एण्ड ट्राभललाई छिटो पठाउन ताकेता गरिराखिएको बताए । दसैं र तिहारको बीचमा एकैपटक धेरै जना श्रमिकको भिसा लागेर आएको हो । जसले गर्दा श्रमिकहरूको उडान प्रभावित बनेको हो, उनले भने, नोभेम्बर महिनामा धेरै कम उडान भयो । डिसेम्बरमा ६५० जना श्रमिक उडाउने टिकट तालिका पाइसकेका छौं ।
कोरिया जाने श्रमिकले ट्रान्जिट प्रयोग गर्न पाइँदैन । युनिभर्सलले एउटा टिकटको ८ सय ९५ डलर करिब १ लाख १९ हजार रुपैयाँ मा श्रमिक उडाउने टेन्डर पाएको थियो । युनिभर्सलले हाल कोरिया जाने नियमित श्रमिकबाहेकलाई सरदर एकलाख ५० हजार रुपैयाँमा उपलब्ध टिकट बेचिरहेको छ ।
कोरियन एयरको हप्तामा सिओल–काठमाडौंको सिधा उडान तीन वटा छ । भिसा जारी भएको तीन महिनाभित्र श्रमिक कोरिया पुगिसक्नुपर्नेछ । पछि समस्या नपरोस भनेर हामीले सम्बन्धित ठाउँमा ध्यानकर्षण जनाइसकेका छौं, प्रवक्ता श्रेष्ठले भने ।
गत साउन एकदेखि कार्तिक ३० गतेसम्म ३१ सय ७२ जना श्रमिक कोरिया उडिसकेका छन् । उत्पादन क्षेत्रमा ८ हजार एकसय ५१, कृषि क्षेत्रमा ८ हजार ५ सय, पानी जहाज निर्माण क्षेत्रमा चार हजार गरी २० हजार ६ सय ५१ जना रोष्टरको सूचीमा छन् । उनीहरूलाई रोजगारदाताले छनोट गर्न बाँकी छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल