Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टियुको परीक्षा रोक्न पद्‌मकन्या प्रदर्शन, प्रहरीको हस्तक्षेप

काठमाडौँ । कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएको बेला त्रिभुवन विश्वविद्यालय आफ्ना पूर्व घोषित परीक्षा स्थगित नगर्दा संक्रमणको जोखिम बढेको छ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पहिला खोप त्यसपछि परीक्षा भन्दै क्याम्पस अगाडि नाराबाजीसहित प्रदर्शन गर्ने ७ जनालाई नियन्त्रणमा लिइएको डीएसपी मिनबहादुर कुँवरले जानकारी दिएका छन् । भीडभाड हुँदा संक्रमण बढ्ने भन्दै विद्यार्थीहरुले प्रदर्शन गर्दै परीक्षा रोक्न माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले यसअघि नै तय भइसकेका भदौ ५ गतेसम्मको परीक्षा यथावत राख्‍ने भन्दै सञ्चालन गर्ने निर्णय गरेको छ । केही परिक्षार्थीहरु कलेज बाहिर प्रदर्शन गरिरहेका छन् भने केही परीक्षा दिनका लागि भनेर कलेज परिसरभित्र पुगेका छन् । प्रहरीले भने परीक्षा दिने वातावरण बन्दै गएको जनाएको छ । पद्मकन्या कलेजमा विभिन्न १८ वटा कलेजका सिफ्ट अनुसार परीक्षा तोकिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल