Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पका सल्लाहकार नै ठगी अभियोगमा पक्राउ

एजेन्सी । नेपालमा मात्रै राजनीतिसँग ठग फटाहा जोडिएका होइनन् । विदेशमा पनि यस्तो प्रचलन रहेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार ठगी अभियोगमा पक्राउ परेका छन् । ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्याननलाई मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाउने क्रममा ठगी गरेको अभियोग लागेको छ । ब्यानन र अरु तीनजना न्यूयोर्कको म्यानहटनबाट पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनीहरुमाथि वी विल्ड द वाल अभियान अन्तर्गत संकलन भएको सयौँ हजार डोनरले दिएको रकम अनियमित गरेको आरोप छ ।
सो अभियानले २५ मिलियन अमेरिकी डलर संकलन गरेको अमेरिकाको न्याय विभागले जनाएको छ। संकलन भएको रकम मध्ये ब्याननले १० लाख भन्दा बढी डलर लिएको र सो रकम उनले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको आरोप छ । रकम उठाउने बेला कुनै पनि रकम व्यक्तिगत रुपमा प्रयोग नगर्ने बताएका थिए। ब्याननले अदालतमा आफू दोषी नरहेको भन्दै अपिल दर्ता गरेका छन् ।